ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगन्ज नाकाको व्यापार घाटा दुई खर्ब ५९ अर्ब


admin

पर्सा, १२ चैत । दशकै प्रमुख भन्सार नाका वीरगन्जको व्यापार घाटा चालु आर्थिक वर्षको आठ महिनामा रु दुई खर्ब ५० अर्बभन्दा बढी पुगेको छ ।

आर्थिक वर्ष २०७४÷७५ को साउनदेखी फागुनसम्मको आठ महिनामा वीरगन्ज नाकाबाट रु दुई खर्ब ५८ अर्ब ९९ करोड ८८ लाख मुल्यको विभिन्न मालवस्तु नेपाल भित्रिएको छ भने रु सात अर्ब ८० करोड ५३ लाख मुल्यको नेपाली उत्पादन निर्यात भएको छ ।

गत आर्थिक वर्षमा वीरगन्ज नाकाबाट निर्यातको तुलनामा ३२ गुणा अर्थात् रु दुई खर्ब ५१ अर्ब १९ करोड ३४ लाखभन्दा बढीको वस्तु आयात भएको थियो ।

आव २०७३÷७४ को तुलनामा आव २०७४÷७५ मा वीरगन्ज नाकाबाट रु ४३ अर्बभन्दा बढी मुल्यको वस्तु आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । गत आवमा वीरगन्ज नाकाबाट रु दुई खर्ब १५ अर्ब ४६ करोड ८६ लाख मुल्यको वस्तु आयात भएको थियो । चालु आवको सोही अवधिमा २० प्रतिशत बढी अर्थात् रु ४३ अर्ब ५३ करोड दुई लाख मुल्य बढीको वस्तु आयात भएको कार्यालयका प्रमुख सेवन्त पोखरेलले जानकारी दिनुभयो ।

उहाँले वीरगन्ज नाकाबाट चालु आवको आठ महिनामा ३२ गुणाले आयातमा वृद्धि भएको छ भने, निर्यातमा २३ प्रतिशतले कमी आएको बताउनुभयो ।

गत आवको साउनदेखि फागुनसममा रु १० अर्ब १० करोड २९ लाखको विभिन्न वस्तु निर्यात भएको थियो । चालु आवको सोही अवधीमा २२.७४ प्रतिशत अर्थात् रु दुई अर्ब २९ करोड ७५ लाखको वस्तु कम निर्यात भएको भन्सार प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

नेपालमा उत्पादन भएका वस्तुको लागत खर्च बढी भएको कारण अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेकाले निर्यातमा कमी आएको पोखरेलको भनाइ छ । आयात बढ्दै जानु र निर्यात घट्दै जानुको मुख्य कारण सरकारको व्यापार नीति उद्योग मैत्री नहुनु रहेको वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माको भनाइ छ ।

उहाँले नेपाली उद्योगका लागि उपकरण तथा कच्चा पदार्थ आयात गर्दा करमा सरकारले कुनै सहुलियत नदिएको र भारतको तुलनामा नेपाली व्यापारीले महँगो व्याज दरमा ऋण लिनुपरेकाले अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको बताउनुभयो ।

नेपाली उद्योगका लागि उपकरण तथा कच्चा पदार्थ आयात गर्दा सरकारले करमा छुट दिए तथा सस्तो दरमा बैंकबाट ऋण उपलब्ध गराए नेपाली उत्पादनको लागत खर्च कम हुनुको साथै हाल देखिएको व्यापार घाटालाई कम गर्न सकिने अध्यक्ष शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com