काठमाडौं, ११ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहले सपरिवार नारायणहिटी परिसरभित्र रहेको चतुर्व्यूह नारायण धाममा आज पूजाअर्चना गरेका छन्। पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकका अनुसार शनिबार साँझ पूर्वराजा शाह पूर्वरानी कोमल शाह, नाति हृदयेन्द्रसहित उक्त मन्दिरमा पुगेका हुन्।
नारायणस्थान मन्दिरमा नारायणको दर्शन गर्न सवारी भएको संस्कृतिविद् जगमान गुरुङले जानकारी दिएका छन्।
उक्त मन्दिरमा सर्वसाधारणका लागि पनि खुला छ। उक्त मन्दिरमा पूर्वराजा शाहको परिवार नियमित दर्शन तथा पूजाअर्चनाका लागि जाने गरेका छन्।
।








प्रतिक्रिया दिनुहोस्