ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डसहितका माओवादी नेताले सहिद परिवारको घरमा पुगेर भेटे आफन्त


एबीसी न्यूज

काठमाडौं, १० जेठ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताले जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट गरेका छन्।

मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानका क्रममा शुक्रबार बागलुङ पुगेका प्रचण्डसहितका नेताले सहिद डिल्लीप्रसाद शर्माको घरमा पुगेर भेटघाट गरेका हुन्।

त्यसक्रममा ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार र गलकोटको हटिया, ताराखोला गाउँपालिकाको अर्गल र बागलुङ बजारमा माओवादी केन्द्रले जनसभाको आयोजना गरेको जिल्ला इञ्चार्ज राजीव घिमिरेले जानकारी दिए।

प्रचण्डले ताराखोला गाउँपालिकामा सहिद उद्यान उद्घाटन र सालिक अनावरणसमेत गरेका छन्। अभियानटोली शुक्रबार बागलुङबाट पर्वत हुँदै कास्की आइपुगेको हो। अभियानमा पार्टी अध्यक्ष दाहालसहितका शीर्ष नेताहरू सहभागी छन्।

अभियानअन्तर्गत शनिबार गण्डकी प्रदेशको राजधानी पोखरामा जनसभा हुने माओवादी केन्द्रले जनाएको छ।

माओवादी केन्द्रले लोकमार्गमा परेका प्रत्येक प्रदेशमा एक र एक वटा जनसभा र प्रत्येक जिल्लामा कम्तीमा एक र एक अन्तरसम्वाद गर्ने गरी यही जेठ २ गते बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान सुरु गरेको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com