ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प प्रशासनले रोक्यो हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना


abc news
जेष्ठ ९, २०८२ शुक्रबार   ११ : २५   बजे

काठमाडौ ९ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको छ।

अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेकी छन्, ‘प्रशासनले हार्वर्ड कानुन पालना गर्न असफल भएका कारण अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना कार्यक्रम रद्द गरेको छ।’

उनले अगाडि लेखेकी छन्, ‘यो देशभरका सबै विश्वविद्यालय र शैक्षिक संस्थाहरूलाई चेतावनी हो।’

यसैबीच हार्वर्ड विश्वविद्यालयले भने विज्ञप्ति जारी गरी यो कदमलाई ुअवैधु भनेको छ।

हार्वर्ड विश्वविद्यालयले भनेको छ, ‘हामी हाम्रा अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वान् भर्ना गर्ने क्षमता कायम राख्ने हाम्रो संकल्पमा प्रतिबद्ध छौँ। १४० भन्दा बढी देशबाट आएर विश्वविद्यालय र यस राष्ट्रलाई अत्यन्तै धनी बनाउने ती विद्यार्थी र विद्वान्‌हरूका लागि।’

विश्वविद्यालयले अगाडि भनेको छ, ‘हामी हाम्रो समुदायका सदस्यहरूबाट मार्गदर्शन र समर्थन खोज्न द्रुत गतिमा काम गरिरहेका छौँ। यो प्रतिशोधात्मक कार्यले हार्वर्ड समुदाय र हाम्रो देशलाई गम्भीर क्षति पुर्‍याउने खतरा छ। यसले हार्वर्डको शैक्षिक र अनुसन्धान अभियानलाई पनि कमजोर बनाउँछ।’

ट्रम्प प्रशासनको यो निर्णयले हार्वर्ड विश्वविद्यालयमा अध्ययनरत हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीलाई असर गर्न सक्छ।

हार्वर्ड विश्वविद्यालयको तथ्यांकअनुसार, गत शैक्षिक वर्षमा ६ हजार ७ सयभन्दा बढी विदेशी विद्यार्थी भर्ना भएका थिए। यो कुल विद्यार्थी संख्याको २७ प्रतिशत हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

सम्बन्धित

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

रावल आयोगले किटान गरेको वडागत अतिक्रमित भूमि र कित्ता नम्वरहरुको पूरा विवरण

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group