ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविको निवेदनमा आज पनि सकिएन सुनुवाइ, हेर्दा हेर्दैमा


abc news

काठमाडौ ८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको निवेदनमा आज पनि सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ।

सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गरी आफूलाई थुनाबाहिरै रहेर मुद्दा लड्न दिनु पर्ने उनको माग छ। यस्तै जिल्ला अदालतले सोही मुद्दामा थुनामा पठाएका छविलाल जोशीको निवेदनमा पनि सँगै सुनुवाइ भइरहेको छ।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार र बिहीबार सुनुवाइ भएपनि बहस सकिएको छैन। अब शुक्रबार सुनुवाइ हुनेछ। शुक्रबार भने आदेश आउने सम्भावना छ।

बिहीबार रवि र छविका वकिलको बहस सकिएपछि सरकारी वकिलले पनि बहस गरेका छन्। शुक्रबार जाहेरवालाका वकिलले बहस गर्नेछन्। त्यसपछि रविको तर्फबाट वरिष्ठ अधिवक्ता शुशील पन्तले जवाफी बहस गर्नेछन्।

जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरे पनि उच्च अदालत बुटवलले थुनामै राख्न आदेश दिएपछि रवि चैत २२ गते पक्राउ परेका थिए।

हाल रवि रुपन्देही जिल्ला कारागारमा थुनिएका छन्। रविसँगै सोही मुद्दाका अर्का प्रतिवादी पूर्वडीआईजी छविलाल जोशी पनि सोही कारागारमा छन्।

एउटै मुद्दामा रुपन्देही जिल्ला अदालतले छविलाई थुनामा पठाएको तर रविलाई एक करोड धरौटीमा रिहा गरेको भन्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेका थिए।

जसमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत चैत २२ गते रविलाई पनि थुनामै राख्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com