काठमाडौ ८ जेठ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो देशको सुरक्षा सुनिश्चित गर्ने सर्तमा युद्ध अन्त्य गर्न तयार रहेको बताएका छन्।
ती सर्तमा सबै इजरायली बन्धक रिहाइ र हमासको आत्मसमर्पण पनि पर्छन्।
साथै हमास नेतृत्वलाई गाजाबाट निष्कासन गरिनुपर्ने र सम्पूर्ण क्षेत्र हतियारमुक्त हुनुपर्ने सर्त पनि नेतन्याहुले राखेका छन्।
उनले अगाडि भनेका छन्, ूगाजा छोड्न चाहनेहरूले छाड्न सक्नेछन्।ू
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल र गाजा बीचको द्वन्द्व सुरु भएयता अहिलेसम्म गाजामा ५३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।







प्रतिक्रिया दिनुहोस्