ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेशमा मंगलबारदेखि फेसबुक चलाउन प्रतिबन्द


admin

काठमाडौं, ११ चैत । कर्णली प्रदेशमा मंगलबारदेखि सरकारी कार्यालयमा फेसबुक चलाउन प्रतिबन्द लाग्ने भएको छ ।

अफिसको काममाभन्दा फेसबुकमा कर्मचारी व्यस्त हुन थालेपछि प्रदेश सरकारले फेसबुकमा प्रतिबन्ध लगाउन लागेको हो।

यसका लागि सरकारले गृहकार्य सुरू गरेको छ।

पहिलो चरणमा प्रदेश सरकारका सबै मन्त्रालयमा मंगलबारदेखि फेसबुक चलाउन पाइने छैन। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विस्तारै प्रदेशभरिका सरकारी कार्यालयमा कार्यान्वयन गरिने जानकारी दिए।

उनले क्षेत्रीय तथा जिल्ला कार्यालयहरू प्रदेश सरकार मातहत नआएकाले तत्कालका लागि मन्त्रालयहरूमा मात्रै कार्यालय समयमा फेसबुक नचल्ने बनाइने बताए।

‘कर्मचारीले फेसबुक चलाउने समय जनता र प्रदेशको समृद्धि र विकासका लागि काम गरुन् भन्ने हो’ उनले भने, ‘यो आवश्यक पनि छ।’ आइतबार इन्टरनेट सेवा प्रदायक संस्थाहरूसँग मुख्यमन्त्री शाहीले फेसबुकमा प्रतिबन्ध लगाउने विषयमा छलफल गरेका छन्।

सुर्खेतसहित प्रदेशका बाँकी जिल्लामा सरकारी स्वामित्वको नेपाल टेलिकमसहित वल्र्ड लिङ्क, सुविसु, टेक माइण्ड्स र सुर्खेत केवल नेटले इन्टरनेट सेवा प्रदान गर्दै आइरहेका छन्।

कार्यालय समयभित्र फेसबुक बन्द गर्ने कार्यमा सहयोग गरिने वल्र्डलिङ्कका सुर्खेत प्रमुख नवराज पंगालीले बताए। उनका अनुसार प्रदेश सरकारले सोमबार औपचारिक रूपमा फेसबुक नचल्ने बनाउनका लागि पत्र पठाउने छ। पत्रका आधारमा मंगलबारदेखि प्रदेश मन्त्रालयहरूमा बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म फेसबुक नचल्ने बनाइने पंगालीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com