काठमाडौ ३ जेठ । उत्तरपूर्वी युक्रेनमा यात्रु बसमा रुसले ड्रोन आक्रमण गर्दा नौ जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार यो जानकारी त्यहाँका स्थानीय अधिकारीहरूले दिएका हुन्।
सुमी क्षेत्रीय सैन्य प्रशासनले शनिबार बिहान बिलोपिलिया सहरमा भएको आक्रमणमा अन्य चार जना घाइते भएको जनाएको छ।
२०२२ पछि पहिलोपटक रुस र युक्रेनले शान्तिका लागि प्रत्यक्ष वार्ता गरेको केही घण्टापछि यो आक्रमण भएको हो।
ुबिलोपिलिया नजिकै शत्रुको ड्रोनले यात्रु बसमा आक्रमण गर्दा नौ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्ु, सुमी क्षेत्रीय सैन्य प्रशासनले टेलिग्राममा पोस्ट गर्दै भनेको छ।
यद्यपि, रुसी सेनाले यस आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
शुक्रबार टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच भएको वार्ता युद्ध अन्त्य गर्ने विषयमा निष्कर्षमा सकेन।
यद्यपि, आगामी दिनमा दुवै पक्षले एक(अर्कालाई हजार जना युद्धबन्दी फिर्ता गर्ने सहमति भएको छ।







प्रतिक्रिया दिनुहोस्