ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सगरमाथा संवादको आज दोस्रो दिन – प्रधानमन्त्री ओलीद्वारा अतिथिलाई रात्रिभोज


abc news
जेष्ठ ३, २०८२ शनिबार  १० : २८ बजे

काठमाडौ ३ जेठ । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ आज दोस्रो दिन पनि काठमाण्डौमा चलिरहेको छ । हिजोदेखि शुरू भएको सम्मेलन भोलिसम्म चल्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादका अतिथिको स्वागत तथा सम्मानमा रात्रिभोज आयोजना गर्नुभयो । सगरमाथा संवादमा विभिन्न देशका एक सय ७५ जना विदेशी पाहुना सहभागी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्वदेशी र विदेशी गरी तीन सय ५० जना भन्दा धेरै विशिष्ट व्यक्तित्व संवादमा सहभागी छन् । हिजो उद्घाटन समारोहपछि पूर्ण सत्र र समानान्तर सत्र सञ्चालन भयो ।

सबै सत्र आज बेलुकासम्म सक्ने कार्यसूची छ । यो संवादले काठमाण्डौ घोषणा पत्र जारी गर्नेछ ।

हिजोको संवादमा सहभागी सरोकारवाला विज्ञहरुले अन्तर्राष्ट्रिय जलवायु सङ्कट समाधानमा सामूहिक प्रतिबद्धतामा जोड दिएका छन् ।

साथै हिमालदेखि महासागरसम्मको मुद्दालाई समेट्ने गरी जलवायु परिवर्तनबारे निरन्तर बहस आवश्यक रहेको औँल्याएका छन् ।

त्यस्तै नेपालले हिमालहरु विश्वका विभिन्न वार्ताहरुमा उपेक्षित हुने गरेको भन्दै हिमाललाई नबिर्सिन विश्व समुदायसँग खबरदारी गरेको छ ।

सरकारले जलवायु परिवर्तन न्यूनीकरणका लागि प्रतिबद्धतासहितको ‘तेश्रो राष्ट्रिय निर्धारित योगदान’ सार्वजनिक समेत गरेको छ ।

नेपालले संरक्षणमा गरेका आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउने र जलवायु सङ्कट समाधानमा विश्वका असल अभ्यास तथा समाधानका उपाय सिक्नका लागि यो संवाद उपयोगी हुने विश्वास गरिएको छ ।

नेपालले हरेक दुई वर्षमा सगरमाथा संवादको आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

सम्बन्धित

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली शुरु’

U.S. Congratulates Rabi Lamichhane After Landmark Electoral Victory

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com