ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली दूतावासले मनायो ७७ औँ स्वतन्त्रता दिवस


abc news

काठमाडौँ, २ जेठ । इजरायलको ७७ औँ स्वतन्त्रता दिवस तथा नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँस्थित इजरायल दूतावासले विशेष कार्यक्रमको आयोजना गरेको छ। दूतावासले यस अवसरमा बिहीबार कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी भए। कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत शमुलिक एरिए बासले इजरायलको बलियो पक्ष केवल सैन्य शक्ति नभई जनताको एकता र आत्मबलसमेत रहेको बताए।उनले नेपालसँग सहकार्य गर्दै उज्जवल भविष्य निर्माण गर्ने प्रतिबद्धता दोहोर्‍याए।कार्यक्रममा २०२३ अक्टुबर ७ मा हमासद्वारा गराइएको आक्रमणको पनि स्मरण गरिएको थियो।

त्यस अवसरमा नेपाली पीडित धनबहादुर चौधरी र इजरायली नोआ बियरको भिडियो सन्देश प्रस्तुत गरिएको थियो। भिडियो सन्देशमा उनीहरूले भोगेको क्रूरता र बाँच्नका लागि गरेको संघर्षबारे बताएका थिए।त्यस्तै हमासको बन्धकमा रहेका नेपाली नागरिक विपिन जोशीको दिदीको भिडियो सन्देश पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो।

उनले जोशीको सुरक्षित रिहाईका लागि सबैसँग अपिल गरेकी छन्।कार्यक्रममा इजरायली जनताको प्रेरणादायी यात्रा र राष्ट्र निर्माणको इतिहासलाई दर्शाउने वृत्तचित्र पनि प्रस्तु गरिएको थियो।नेपाल र इजरायलबीच सन् १९६० जुन १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। इजरायल सरकारले सन् १९६१ मा काठमाडौँ दूतावास स्थापना गरेर सम्बन्धलाई औपचारिकता प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com