ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि माओवादीको मध्यपहाडी अभियान


abc news

काठमाडौं, २ जेठ । प्रमुख प्रतिपक्ष दल माओवादीको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान शुक्रबारबाट सुरु हुँदै छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैतडीको पाटनबाट अभियानको सुरुवात गर्दै छन् ।

प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू अभियानमा खटिनेछन् । मध्यपहाडी अभियान दुई चरणमा सम्पन्न गर्ने माओवादीको योजना छ । दुवै चरणको अभियान जेठभित्रै सक्ने तयारी छ ।

संघीय संसद्मा १५ जेठमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण अभियान दुई चरणमा गर्नुपरेको माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए । ‘मध्यपहाडी अभियान शुक्रबारबाट सुरु हुँदै छ । दुई चरणमा अभियान सक्नेछौँ । बिचमा १५ जेठमा बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्थाका कारण केही दिन अभियान स्थगित हुन्छ । त्यसपछि फेरि सुरु हुन्छ । दोस्रो चरणको कार्यक्रम पछि तय गरिनेछ । जेठभित्रै मध्यपहाडी अभियान सक्छौँ,’ उनले भने ।

मध्यपहाडी लोकमार्गमा पर्ने प्रत्येक स्थानमा पार्टीको प्रत्येक प्रदेश समितिले एक–एक स्थानमा जनसभा आयोजना गर्नेछन् । प्रत्येक जिल्ला समन्वय समितिले एक–एक स्थानमा जनसभा आयोजना गर्नेछन् । पहिलो चरणमा अभियान १० जेठमा पोखरा पुगेर समापन हुनेछ ।

दोस्रो चरणको अभियान बजेट प्रस्तुत भइसकेपछि सुरु हुनेछ र सोलुमा पुगेर समापन हुनेछ । दोस्रो चरणको कार्यक्रम पछि तय गरिने सापकोटाले बताए । यसअघि १२ फागुनदेखि १७ वैशाखसम्म माओवादीले हुलाकी राजमार्गकेन्द्रित अभियान सञ्चालन गरेको थियो । उक्त अभियान सोचेभन्दा बढी उपलब्धिमूलक भएको माओवादी निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com