काठमाडौं, २ जेठ । मध्य पहाडी लोकमार्ग अभियान अन्तरगत माओवादीको टोली बैतडीमा पुगेको छ । आज देखि सुरु हुने अभियान वैतडीको पाटनमा अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रचण्डसहितका नेताहरु शुक्रवार आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने तय भएको छ । यसअघि बिहानै प्रचण्ड डडेल्धुराको सदरमुकाम अमरगढीमा मर्निङ वाकमा गरेको सचिवालयले जनाएको छ । सो क्रममा प्रचण्डले स्थानीयसँग भलाकुसारी समेत गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्