काठमाडौं, २ जेठ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले गृह जिल्लामा स्वागत गरेका छन् ।
माओवादी केन्द्रको मध्य पहाडी लोकमार्गको अभियानको लागि डडेल्धुरा पुृगेका प्रचण्डलाई देउवाले टेलिफोन मार्फत स्वागत गरेका हुन । आज विहान देउवाले आफ्नो जिल्ला पुगेका अध्यक्ष प्रचण्डलाई टेलिफोन गरि स्वागत गर्दै अभियानको बारेमा समेत सुभकामना ब्यक्त गरेको बताईको छ । आज देखि माओवादी केन्द्रको मध्य पहाडी लोकमार्ग अभियान वैतडीको पाटनमा अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
अभियानको टोली २ गते बैतडीको पाटनमा जनसभा र डोटी दिपायल जनसंवाद, ३ गते अछाम मंगलसेन जनसंवाद, ४ गते दैलेख सदरमुकाम जनसभा गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै, जेठ ५ गते जाजरकोट खलंगा जनसंवाद, ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद, ७ गते पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थबाङमा जनसभा, ८ गते बागलुङ जनसंवाद, ९ गते पर्वत कुस्मामा जनसंवाद र १० गते पोखरा जनसभा गर्ने माओवादीको तयारी छ ।
अभियानको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । अभियानमा प्रचण्डसहित पार्टीका अन्य पदाधिकारीहरु पनि जानेछन्। तराई मधेश जागरण अभियानले पार्टीप्रति जनताको आकर्षण बढेको निष्कर्षसहित माओवादीले दोस्रो चरणमा यो अभियान सुरु गर्न लागेको हो ।







प्रतिक्रिया दिनुहोस्