काठमाडौ २ जेठ । यो वर्ष अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा बेहोर्ने प्रक्षेपण भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासीमाथिको कारबाहीको नेतृत्व गरेका कारण संयुक्त राज्य अमेरिकाले यस वर्ष विदेशी पर्यटकबाट १२ अर्ब ५० करोड अमेरिकी डलर बराबरको राजस्व गुमाउन सक्ने एक पर्यटन उद्योग समूहले बताएको हो ।
वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सिल ९डब्ल्यूटीटीसी० र अक्सफोर्ड इकोनोमिक्सले गरेको अध्ययनअनुसार यो वर्ष विदेशी पर्यटकको खर्चमा कमी आउने देश संयुक्त राज्य अमेरिका मात्र हुनेछ ।
विदेशी पर्यटकले १८१ अर्ब अमेरिकी डलर खर्च गर्दा यो एक दशकअघिको तुलनामा २२ दशमलव ५ प्रतिशतले घट्नेछ ।
यसले समग्र अमेरिकी अर्थव्यवस्थामा प्रत्यक्ष हानी पुर्याएर समुदाय, रोजगारी र तटदेखि तटसम्मका व्यवसायहरूलाई असर पार्ने विज्ञहरुले बताएका छन् ।
डब्ल्यूटीटीसीकी अध्यक्ष जुलिया सिम्पसनले अरु राष्ट्रले विदेशी पर्यटकहरूलाई भित्राउन पहल गरिरहेका समय अमेरिकी ट्रम्प सरकारले पर्यटकका लागि मन्दीको सङ्केत गरिराखेको बताउनुभयो ।
राष्ट्रपति ट्रम्पले अवैध आप्रवासनमाथि कडा कदम चाल्ने, अन्य राष्ट्रहरूको बारेमा राजनीतिक रूपमा आरोप लगाइएको टिप्पणी गर्ने र विदेशी सामानहरूमा कर लगाउने क्रममा अन्य देशका उपभोक्ताहरूले अमेरिकी उत्पादनहरू बहिष्कार गर्ने र संयुक्त राज्य अमेरिकाको यात्रा छोड्न आह्वान गर्ने धेरै प्रयासहरू गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्