काठमाडौं, २ जेठ । सरकारले नारायणी अस्पताल विकास समिति सदस्यमा बिमल पौडेललाई मनोनित गरेको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई सदस्य मनोनित गरिएको हो । उनी आगामी तीन वर्ष अस्पताल विकास समिति सदस्यको जिम्मेवारीमा रहने छन् ।
सदस्य नियुक्त भएसँगै पौडेलले अस्पतालको सेवा, सुविधालाई सरल, सहज र आम नागरिकको लागि पहुँच योग्य बनाउने बताए । उनले अस्पतालको सेवा प्रवाह र गुणस्तर वृद्धिका लागि आफुले प्रयास गर्ने बताए । नेकपा(एमाले) पर्सा जिल्लाको सचिवालय सदस्य रहेको पौडेलले माओवादी पृष्ठभूमिबाट राजनीतिक यात्रा थालनी गरेका हुन् ।
उनले नेपाल खेलकुद महासंघको केन्द्रीय सचिव र महासंघकै मधेस प्रदेश सह–इन्चार्ज को जिम्मेवारी पनि निभाइसकेका छन् । त्यस्तै, उनले राष्ट्रिय युवा संघ पर्शाको पूर्व सह( ईन्चार्जको भुमिका पनि निभाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नारायणी अस्पताल सुधारका लागि सक्षम व्यक्ति भएको उल्लेख गर्दै मनोनित गर्न सिफारिस गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्