काठमाडौ १ जेठ । काठमाडौँको तारकेश्वर नगरपालिका रहेको कीर्ते कागजात बनाउने कारखानामा प्रहरीले छापा मारेको छ। तारकेश्वर नगरपालिका(७ स्थित फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीइ तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कीर्ते गरी नक्कली बनाउने गरेको अखडामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार छापा मारेको हो।
प्रहरीले कीर्ते कागजात बनाउनेलाई पक्राउसमेत गरेको छ। पक्राउ पर्नेमा गोरखा भीमसेन थापा गाउँपालिका(१ का अञ्जनी बयलकोटी, ओखलढुंगा चम्पादेवी गाउँपालिका(७ का निर्मल खड्का, मकवानपुर कैलान गाउँपालिका(२ की अञ्जु खत्री छन्।
पक्राउ परेकी बयलकोटीले विगत ८ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, स्थानीय तहको सिफारिस, शैक्षिक संस्थाको प्रमाणपत्र, जग्गाधनी पूर्जा, सवारी चालक अनुमति पत्रलगायत कागजात कीर्ते गरी नक्कल बनाइ प्रयोग तथा प्रचलनमा ल्याउने गरेको खुलेको प्रहरीले जनाएको छ।
उनले फुटुङमै कोठा भाडामा लिएर नक्कली कागजात इडिट तथा डिजाइन गर्नका लागि दुई जनालाई मासिक क्रमश १० हजार र १५ हजार रुपैयाँ दिएर काम लगाउने गरेको पनि खुलेको प्रहरीको भनाइ छ।
उनीहरूले डिपेन्डेन्ट भिसाका लागि नक्कली विवाह दर्ता प्रमाणपत्रसमेत बनाउने गरेको पाइएको छ।







प्रतिक्रिया दिनुहोस्