काठमाडौ १ जेठ । सरकारले कञ्चनपुरका दुई नगरपालिकाका ७ वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैकठले आगामी वर्षालाई समेत ख्याल गर्दैै ३ महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाका ११, १२ र १३ वडा तथा दोधराचाँदनी नगरपालिकाका ३, ८, ९ र १० वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको गरिएको हो।







प्रतिक्रिया दिनुहोस्