काठमाडौ १ जेठ । प्रतिनिधिसभाको बैठकमा आज पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको छ ।
बिहान ११ बजे शुरू भएको बैठकमा दुई वटा संसदीय समितिका वार्षिक प्रतिवेदन पेश हुने कार्यसूची पनि रहेका छन् ।
आज बस्ने बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राज किशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन २०८२’ पेश गर्दै हुनुहुन्छ ।
यस्तै कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले ‘कानून, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन २०८१र०८२’ पेश गर्नुहुने कार्यसूची रहेको छ ।







प्रतिक्रिया दिनुहोस्