काठमाडौ १ जेठ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयकमा छलफल गर्दैछ । यो विधेयकको प्रतिवेदन तयार पारिसकेको छ । प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने तयारी रहेको समितिले जनाएको छ ।
समितिको बैठक दिउँसो १ बजे बस्दैछ ।
प्रस्तावित विधेयकका प्रत्यायोजित अधिकार अधिक रहेको भनेर सांसदहरूले आलोचना गर्दै आएका छन् । ९५ वटा ‘तोकिए बमोजिम’ शब्द विधेयकमा थिए ।
९१ वटा दफा रहेको विधेयकमा ९५ वटा तोकिए बमोजिम रहेको भनेर आलोचना भइरहेका बेला समितिले तोकिए बमोजिम शब्द घटाउने प्रयास गर्दैछ ।
अधिकार प्रत्यायोजन गरिएका विषय र दफालाई एकै ठाउँ राखेर तोकिए बमोजिम शब्द घटाउन लागिएको हो ।







प्रतिक्रिया दिनुहोस्