काठमाडौ ३१ बैशाख । साउदी अरब भ्रमणमा रहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम हुनुमा अमेरिकाको हात रहेको दाबी दोहोर्याएका छन्।
राष्ट्रपति ट्रम्पले मंगलबार रियादमा आयोजित साउदी(अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्दै अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान यद्धविराम गर्न सहमत भएको जिकिर गरेका हुन्।
नत्र लाखौँ मानिस मारिन अवस्था बनिसकेको उनले बताए।
ट्रम्पले भने, मेरो सबैभन्दा ठूलो उद्देश्य शान्तिप्रिय र मानिसहरूलाई एकताबद्ध गर्ने व्यक्ति बन्नु हो। मलाई युद्ध मन पर्दैन।
उनले थपे, केही दिनअघि मात्र मेरो प्रशासनले भारत र पाकिस्तानबीच बढ्दो हिंसा रोक्न ऐतिहासिक युद्धविरामको मध्यस्थता गर्न सफल भयो।
यसका लागि आफूले व्यापारलाई व्यापक रूपमा प्रयोग गरेको उनले बताए।
उनले भने, मैले भनेँ( कि सम्झौता गरौँ, व्यापार गरौँ। आणविक क्षेप्यास्त्रहरूको व्यापार नगरौँ, तर तपाईंले यति सुन्दर ढंगले बनाउने चिजहरूको व्यापार गरौँ।
उनले दुवै देश ९भारत र पाकिस्तान० का नेताहरूलाई धेरै शक्तिशाली र बलिया नेताका रूपमा प्रशंसा पनि गरे।







प्रतिक्रिया दिनुहोस्