काठमाडौ ३० बैशाख । नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै काठमाडौँस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ।
मंगलबार काठमाडौँस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको हो।
नेपाली भूमि भारतमा पार्ने बद्नियतले भारत सरकारले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध निर्माण गरिरहेको भन्दै विरोध जनाइएको हो।
‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ‘ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले भारतीय दूतावासमा विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले नेपालमाथिको हस्तक्षेप बन्द गर, इण्डियन हस्तक्षेप मुर्दावाद, राष्ट्रपतिदेखि सबै कर्मचारीसम्मको सेवा सुविधा समान गर, गोर्खा भर्तीमा सम्झौता खारेज गर, मिटरब्याजी पीडितको सम्पत्ति फिर्ता गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।








प्रतिक्रिया दिनुहोस्