काठमाडौ ३० बैशाख । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कानूनमन्त्री अजयकुमार चौरसियासिहत प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन् ।
बैठकमा कानूनमन्त्री चौरसियासहित मुख्य सचेतकसमेत रहेका एमालेका महेश वर्तौला, माओवादीका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र कांग्रेसबाट सांसद सरिता प्रसाईं सहभागी छन् । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे काठमाडौं बाहिर भएकोले सहभागी भएका छैनन् ।
जेठ महिनाको संसदको क्यालेन्डर र पूर्वबजेटबारे छलफल गर्न सभामुख घिमिरेले बैठक बोलाएका हुन् । यो बैठक सकिए लगत्तै कार्यव्यवस्थाको बैठक बस्ने छ ।
आज दुवै संसदमा विनियोजन विधेयक ९बजेट०का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदैछ ।
प्रतिनिध सभा बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभा बेठक आज दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।







प्रतिक्रिया दिनुहोस्