काठमाडौ ३० बैशाख । सङ्घीय संसदको आजको बैठकमा आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल हुँदैछ ।
प्रतिनिध सभाको बैठक बिहान ११ बजे बस्दैछ । त्यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजेका लागि बोलाइएको छ ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा आउँदो आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ९कर प्रस्ताव बाहेक० सभामा छलफल शुरू गर्ने कार्यसूची छ ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अस्ति आइतवार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । आइतवार संसदबाट सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो ।







प्रतिक्रिया दिनुहोस्