ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद सिंहको प्रश्न– भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कहाँ पुग्यो ?


एबीसी न्यूज
बैशाख २२, २०८२ सोमबार  ४ : ०० बजे

काठमाडौं, २२ बैशाख । भुटानी शरणार्थी प्रकरणकै कारण वर्तमान सरकार बनेको दावी गर्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भ्रष्टाचारका सबै काण्डको अनुसन्धान रोकेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा सदस्य डा। अमरेशकुमार सिंहले भुटानी शरणार्थी प्रकरणको कारण बनेको सरकारले अनुसन्धान प्रभावित बनाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा सोमबारबाट सुरु भएको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै स्वतन्त्र सांसद सिंहले सुशासनको कुरा कागजमा नभई व्यवहारमा देखिनु पर्ने बताए ।

‘भुटानी शरणार्थी प्रकरणको कारणले यो सरकार बनेको थियो । मैले सदनको यही हलमा सर्ट खोलेर प्रदर्शन गर्दै अनुसन्धानको माग गरेको थिएँ । अहिले त्यो अनुसन्धान कहाँ पुग्यो ?’ सांसद सिंहले थप प्रश्न गरे, ‘वाइडबडी, टेरामक्स काण्डको अनुसन्धान कहाँ पुग्यो ?’

वर्तमान सरकारले विदेशीसँग ऋण लिएर भ्रष्टाचार गरिरहेको बताएका उनले सरकारमा बस्नेहरूमा सत्ताउन्माद बढेको चर्चा गरे ।

उनले वर्तमान सरकार गठन भएदेखि नै साना दल, जनजाति, दलित, महिला, मधेशीमाथि चुनौती बढेको जिकिर गरे । ‘दुईतिहाइको सरकार नांगो हिँडिरहेको छ । यो सरकार बनेदेखि नै साना दलमाथि चुनौती बनेको छ । जनजाति, दलित, महिला, मधेशीलाई समाप्त गर्न सरकार लागि परेको छ ।’

उनले शिक्षा, स्वास्थ्य र सडक ध्वस्त हुँदा पनि सरकारको प्राथमिकता पानीजहाज र रेलमा परेको भन्दै गुनासो गरे ।

‘अहिले पानीजहाज आवश्यक छैन । रेलको आवश्यकता छैन । आवश्यक परेको सडक हो । तर, सडक बनाउनेतिर सरकारको ध्यान छैन,’ उनले थपे, ‘सरकारले बिचौलिया प्रदा गरेको छ । कामकारबाहीमा दलालतन्त्र प्रदा गरेको छ ।’

स्वदेशमा विद्यार्थी रोक्न नसक्ने सरकार नयाँ–नयाँ विश्वविद्यालय खोल्न र आफ्ना मान्छेलाई भीसी, रेक्टर बनाउन तल्लिन रहेको जिकिर पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com