ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए विवाद हेर्न मिल्ने न्यायाधीशका इजलासमा पेस गर्न आदेश


एबीसी न्यूज
बैशाख १९, २०८२ शुक्रबार  ७ : ४१ बजे

काठमाडौं, १९ वैशाख । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनसम्बन्धी विवाद हेर्न मिल्ने न्यायाधीशको इजलासमा पेस गर्न आदेश दिएको छ।

शुक्रबार न्यायाधीशद्वय नृपध्वज निरौला र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यो आदेश गरेको हो।
तत्काल निरूपण हुनुपर्ने विवाद तीनपटकसम्म हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेपछि सर्वोच्च प्रशासनका नाममा निरौला र मुसलमान संलग्न इजलासले यस्तो आदेश गरेको हो।

एनआरएनए अध्यक्ष बद्री केसीले शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गर्न लागेको महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका थिए। यस्तै परराष्ट्र मन्त्रालयले पनि तत्काल एकता महाधिवेशन सम्भव नहुने भएकाले ६ महिना पर सार्नुपर्ने भन्दै अर्को निवेदन दिएको थियो। प्रारम्भिक सुनुवाइ हुँदा यी दुवै निवेदन अन्तरसम्बन्धित रहेको भन्दै एकसाथ हेर्ने गरी पेस गर्न आदेश भएको थियो।

यसरी यो रिटको पटकपटक हेर्न नमिल्नेमा राखिएपछि शुक्रबार जारी आदेशमा भनिएको छ, ‘प्रस्तुत निवेदन र रिट निवेदनसमेत पटकपटक हेर्न नमिल्ने इजलासमा परेको देखिँदा हेर्न नमिल्ने बाहेकका न्यायाधीशको इजलासमा नियमानुसार पेस गर्नू।’
घले नेतृत्वको समितिले भने शनिबार नै एकता महाधिवेशन गर्ने भनेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

सम्बन्धित

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com