ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुर्जुधारमा सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र सुरु


admin
चैत्र ९, २०७४ शुक्रबार   ६ : ३२   बजे

काठमाडौ, ९ चैत । यातायात व्यवस्था कार्यालय सुकेधाराले चन्द्रागिरी नगरपालिका–१२ गर्जुधारामा सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र सुरु गरेको छ ।

गर्जुधारामा शुक्रबार एक विशेष समारोहका साथ साना, मिनि तथा हेभी गाडीको सवारी चालक अनुमति पत्रको लागि लिइने प्रयोगात्मक परीक्षा सञ्चालनस्थल सुरु गरेको हो ।

भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालीले ५ करोडभन्दा बढि लगानीमा परीक्षण केन्द्र तयार पारेको छ । यातायात व्यवस्था कार्यालयले राजधानीमा ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले चक्रपथ भन्दा बाहिर ड्राइभिङ सेन्टर सञ्चालन गर्ने योजना बमोजिम सबै मापदण्ड पुरा गरेर सेन्टर सञ्चालनमा आएको हो ।

जापानी प्रविधिमा आधारित यो सेन्टर ४१ रोपनी क्षेत्रफलमा निर्माण भएको छ । कार्यक्रममा महानगनीय प्रहरी महाशाखाका प्रहरी प्रमुख डिआईजी सवेन्द्र खनालले राजधानीको यातायात व्यवस्थापनलाई सहज बनाउन ठूला सवजारीलाई दिउसोमा छट्टै पाकिङको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का प्रदेश सदस्य बेलिमाया घलेले चन्द्रागिरीमा यातायातको ट्रायल आउनु समग्र चन्द्रागिरीको विकासमा कोसेढुङ्गा सावित हुने बताउनुभयो ।

चन्द्रगिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले बढ्दो सहरीकरण स“गै सडक पूर्वाधार दु्रत गतिमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । फरक प्रशंगमा राजधानी भित्रने र बाहीरने कलंकी नागढुङ्गा सडकका कारण आम नागरिकले सास्ती वेहोर्नु परेको बताउँदै उहाँले राज्यका अन्य निकाय हरुस“ग सडक बिस्तार कार्यलाई तिब्र गतिमा अघि बढाउन पहल भइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिका संचालक तथा यातायात विज्ञ देबेन्द« प्रधानले आफुहरुले निसुल्क स्थान कार्यलय सवारीसाधनहरु ट्रायल परीक्षाको लागि सरकारलाई निःशुल्क प्रदान गरेको बताउनुभयो ।

कार्यक्रममा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष रामनारायण घिमिरेले देशको बढ्दो सवारी दुर्घटना न्युनीकरण गर्न राज्य र निजी क्षेत्रको साझेदारीमा कार्यक्रमहरु आउन जरुरी रहेको बताउनुभयो । उहाँले आफ्नो सुबिधासम्पन्न ट्रायल सेन्टरमा प्रशिक्षर्थीहरुलाइ ट्रायलका निम्ती निसुल्क सेवा दिने जानकारी गराउनुभयो ।

अहिलेसम्म राजधानीमा चार स्थानमा सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्र सञ्चालनमा आएका भए पनि पश्चिमतर्फ गुर्जधारामा पहिलो पटक सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group