ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनी उधोगमा ताला: रकम भुक्तानी गर्न किसानको माग


admin

सर्लाही, ९ चैत । सर्लाहीको हरिवनमा रहेको इंन्दुशंकर चिनी उद्योगमा उखु किसानहरुले उखुको भुक्तानीको माग गर्दै शुक्रबार ताला लगाएका छ्न।

चैत्र २ गते बाट उखु बिक्री गरेको भुक्तानी को माग गर्दै आन्दोलनमा उत्रेका किसान हरुले आज उधोगको प्रसासनमा ताला लगाएका हुन ।  उखुको भुक्तानीको माग गर्दै चरणवद्ध आन्दोलन थालेका उखु किसानले शुक्रवार उद्योगकको मूल गेटमै ताला लगाएर उद्योगको प्रशासनिक कार्य ठप्प पारेका हुन् ।

उद्योगलाई उखु बुझाएको एक सय दिन नाघी सक्दा पनि उद्योगले किसानलाई उखुको भुक्तानी गरेको छैन । भुक्तानी को लागी पटक पटक ध्यानाकर्षण गराउँदा समेत उखुको भुक्तानी नदिएको भन्दै भुक्तानीको माग गर्दै उखु किसानले चैत्र २ गते उद्योगको मूल गेटमा कालो भण्डा गाडेर विरोध गरेका थिए ।

त्यसपछि चैैत्र ५ गते बाट उद्योगको मूल गेटमै पाल टाँगेर रिले अनसन थालेका उनीहरुले रिले अनसनलाई जारी राख्दै शुक्रवार उद्योगको प्रसासन को मूल गेटमै ताला लगाई प्रशासनीक कार्य ठप्प पारेका किसान नेता एवं नेपाल उखु उत्पादक किसान संघका केन्द्रीय अध्यक्ष राजकुमार उप्रेतीले बताए।

उद्योगले चैत्र ८ गते पत्र पठाएर उखु किसानलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको बताएको छ । उद्योगले पाकिस्तान लगायत अन्य मुलुकबाट आएको चिनीको कारण आफुहरुले उत्पादन गरेको चिनी विक्री नभएकोले आफुहरुले त्यस्ता चिनीमा भन्सार बढाउन पहल भई रहेको जानकारी गराउँदै किसानलाई आन्दोलनका सवै कार्यक्रम फिर्ता लिन भनेको हो ।

तर भुक्तानको स्पष्ट मिति उल्लेख नभएकोले आफुहरुले आन्दोलनलाई जारी राखेको मिलगेट उखु उत्पादक समिति हरिवनका अध्यक्ष बेद बहादुर बुढाथोकीले बताए ।

बुढाथोकीका अनुसार यस सिजनका लागि उखु क्रसिङ्गको समय सकिन लागि सकेको छ । ‘किसानले उद्योगलाई उखु बुझाएको साँढे ३ महिना भई सक्यो तर अझै पनि किसानले उखुको भुक्तानी पाएका छैनन्, किसानले अब भोक भोकै वस्नु पर्ने अवस्था आई सकेको भनाई छ।

उखुको भुक्तानी त छँदैछ उद्योगकका कारण हरिवन वजार क्षेत्रमा फैलिएको धुलो, धुँवा र दुर्गन्ध समेत उद्योगले नै नियन्त्रण गर्नु पर्ने महिला नेतृ पद्द्मा मोक्तान को भनाई छ।

अन्तरपार्टी महिला सन्जाल हरिवन ले समेत आन्दोलन लाई एक्यबद्दता जनाउदै उनीहरुले चैत्र १० गते बाट उद्योगको मूल गेटबाट जुलुस समेत निकाल्ने तयारी गरेको अर्का महिला नेत्री सचिंता घिमिरे ले बताईन।

साथै उनीहरुले शनिवार नै आमरण अनसन थाल्ने समेत बताएका छन् । यता हरिवन नगरपालिकाका जनप्रतिनिधीहरुले पनि देशकै एउटा ठुलो उद्योगले विभिन्न बाहानामा किसानको उखुको भुक्तानी रोक्न नहुने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com