ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्साको सानोपाइला सहकारीको अनुसन्धान सकियो, रवि र छविसहित ४१ प्रतिवादी बनाउन राय


एबीसी न्यूज
बैशाख १४, २०८२ आईतबार  ५ : ०३ बजे

काठमाडौं १४ बैशाख । पर्साको वीरगन्जस्थित सानो पाइला सहकारी ठगीमा अनुसन्धान सकिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए।

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित ३० जना व्यक्ति र ११ वटा संस्थालाई प्रतिवादी बनाउन राय दिएको छ।

सानो पाइला सहकारीमा जीबी भन्ने गितेन्द्रबाबु राई, कुमार रम्तेल, हेमन्त अधिकारी, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, अश्रल अली सिद्धीकी, सागर केसी, दीपक लामा, कविता तामाङ, तस्विरन मिया, रविचन्द्र यादव, सुनित श्रेष्ठ र सन्जु नेवालाई पनि प्रतिवादी बनाउन प्रहरीको राय छ।

यस्तै नेहा पौडेल, अशोक यादव, धिरज कुमार दास, श्रृष्टी मानन्धर, धनबहादुर बुढामगर, प्रमोद भट्टराई, दिपिका राई, खिमानन्द कट्टेल, मनिसा पाण्डे, देबेन्द्रबाबु राई, भुपेन्द्र राई, भगवती बम्जन, रामबहादुर खनाल र अनन्तबाबु राई रहेका छन्।

सानोपाइला सहकारीसँगै काठमाडौँको स्वर्णलक्ष्मी सहकारी र पोखराको सूर्यदर्शन सहकारीलाई पनि प्रतिवादी बनाउन सुझाव प्रहरीको छ।

यस्तै जीबीले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्क, नेचर हब्स, नेचर नेस्ट, जीबी गु्रपअफ कम्पनी लगायत पनि रहेका छन्।

४१ प्रतिवादीबाट २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ रुपैयाँ २९ पैसा बिगो दाबी गरिएको छ। उनीहरुलाई सहकारी ठगी र संगठित अपराधमा अभियोग लगाउन प्रहरीको राय छ।

अब प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अदालतमा अभियोग दायर गर्ने छ।

पर्साका सहायक जिल्ला न्यायाधीशवक्ता अनन्तराज न्यौपानेले केही दिन अध्ययन गरेर अभियोग तयार गर्ने बताए। सम्पत्ति शुद्धीकरणको हकमा भने प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

यसअघि नै अन्य जिल्लामा सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएका व्यक्तिहरुको हकमा भने अर्को ठाउँमा मुद्दा चल्दैन। अन्यको हकमा अनुसन्धान गरिरहेको एसपी मिश्रले नेपालखबरलाई बताए।

रवि लामिछाने र छविलाल जोशी हाल रुपन्देही कारागारमा छन्। उनीहरु चार वटै जिल्ला अदालतबाट धरौटीमा रिहा भएपनि बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा उच्च अदालतले जिल्लाको आदेश बदर गर्दै थुनामा राख्न आदेश दिएको हो।

जोशीलाई भने जिल्ला अदालतले नै थुनामा पठाएको थियो। तर एक करोड धरौटी बुझाएर रिहा भएका लामिछानेलाई पनि उच्चले थुनामा पठाउन आदेश दिएको हो।

अन्य कारागारमा रहेका प्रतिवादीहरुलाई यसअघि पर्सा लगेर बयान गराइएको थियो।तर बयान सकेको लामो समयसम्म पनि अनुसन्धान प्रसतिवेदन नबुझाएको भन्दै आलोचना भइरहेका बेला प्रहरीले ढिलो गरी प्रतिवेदन पठाएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com