ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत–पाक युद्धको अवस्थामा, सवैखाले सम्झौता रद्ध गरेको इस्लामावादको जबाफ


एबीसी न्यूज
बैशाख ११, २०८२ बिहीबार   ८ : ३२   बजे

काठमाडौं ११ बैशाख । पाकिस्तानले बिहीबार भारतसँग व्यापार, द्विपक्षीय सम्झौताहरू र हवाई क्षेत्रहरू निलम्बन गर्ने घोषणा गरेको छ । यसअघि भारत–नियन्त्रित कश्मीरमा भएको आतंकवादी हमलाको जबाफका रुपमा नयाँ दिल्लीले पाकिस्तानी कुटनीतिज्ञहरुलाई देशा निकासहित सन् १९६० सिन्धु जल सन्धि सम्झौता समेत स्थगन गर्ने घोषणा गरेको थियो ।

काश्मिरको पहलगाममा अप्रिल २२ मा दिनदाहाडै भएको आतंकवादी हमलामा एक नेपाली सहित २६ जना पर्यटकको हत्या भएको थियो । हमलामा परी १७ जना भन्दा बढी घाइते भएका छन् । सन् २००० पछि काश्मिर क्षेत्रमा सर्वसाधारण नागरिकहरूमाथिको सबैभन्दा घातक हमला यो नै सवैभन्दा भयानक भएको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार ‘द रेजिस्टेन्स फ्रन्ट’ नामक एक आतंकवादी समूहले त्यो घटना गराएको दावी गरेको छ ।
तर भारतले पाकिस्तान समर्थित आतंकवादी समूह लस्कर ए तोइवाका लडाकुहरुले आक्रमण गरेको भन्दै सन् १९६० को सिन्धु जल सन्धि एकपक्षीय रूपमा निलम्बन गर्ने निर्णय गरेको जबाफमा पाकिस्तानले सवैखाले दुईपक्षीय सम्झौता रद्ध गर्ने चेतावनी दिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफको अध्यक्षतामा भएको बैठकमा रक्षा मन्त्री, परराष्ट्र मन्त्री, गृह मन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, र सशस्त्र बलका प्रमुखहरू सहित शीर्ष सरकारी र सैन्य अधिकारीहरूको बैठकले भारतसँगका सवैखाले दुई पक्षीय सन्धि सम्झौताहरु समते स्थगन गर्ने जबाफी निर्णय गरेको पाकिस्तनी दैनिक पत्रिका डनको अनलाइन संस्करणले उल्लेख गरेको छ ।

पाकिस्तानको प्रधानमन्त्री कार्यालयको विज्ञप्ति

पाकिस्तान प्रधानमन्त्री कार्यालयले विज्ञप्ती जारी गर्दै भनेको छ “इन्डस वाटर्स सन्धिलाई निलम्बन गर्ने भारतीय घोषणालाई कडा रूपमा अस्वीकार गर्छ” र इन्डस वाटर्स सन्धि अनुसार पाकिस्तानको पानीको प्रवाह रोक्न वा डाइभर्ट गर्ने कुनै पनि प्रयास, साथै तल्लो तटीय क्षेत्रका अधिकारहरूको हननलाई “युद्धको कार्य” मानिनेछ। द इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।

“पाकिस्तानको हवाई क्षेत्र भारतीय स्वामित्वमा रहेका वा भारतीय सञ्चालित सबै एयरलाइन्सहरूका लागि तत्काल प्रभावबाट बन्द गरिनेछ…. भारतसँगको सबै व्यापार, तेस्रो देश हुँदै पाकिस्तानबाट र तर्फको व्यापार सहित, तुरुन्तै निलम्बन गरिएको छ।”

विज्ञप्तिमा पाकिस्तानले प्रतिकारात्मक कदमको रूपमावाघा सीमा पोस्ट बन्द गर्नेछ, उच्चायोगको कर्मचारी संख्या ३० मा घटाउनेछ र भारतीय उच्चायोगबाट रक्षा सेवा अधिकारीहरूलाई निष्कासित गर्नेछ भन्ने द टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणकारीहरूलाई ‘पृथ्वीको अन्तसम्म’ पुगेर पनि कारबाही गरिने चेतावनी दिएका छन् । भारतले आफ्नो देशमा पाकिस्तानी सरकारको एक्स खाता निलम्बन गरेको समेत जनाएको छ ।
जबाफमा पाकिस्तानले सन् १९७२ को सिमला सम्झौता निलम्बन गर्नुका साथै भारतसँग वाघा सीमा बन्द गर्ने निर्णय भएको बताएको छ ।

पाकिस्तानले इन्दुज वाटर्स सन्धिलाई निलम्बन गर्ने भारतीय घोषणालाई कडा रूपमा अस्वीकार गर्छ, भन्दै यो सन्धि एक बाध्यकारी अन्तरराष्ट्रिय सम्झौता हो जसमा एकपक्षीय निलम्बनको कुनै प्रावधान नभएको दावी गरेको छ ।

“पानी पाकिस्तानको महत्वपूर्ण राष्ट्रिय हित हो, यसका २४० मिलियन जनताको जीवनरेखा हो र यसको उपलब्धता हर हालतमा सुरक्षित गरिने भन्दै पाकिस्तानी सुरक्षा परिषदको बैठकले गरेको निर्णयका कारण दुई देश घोषित रुपले युद्धमा प्रवेशन गरेको सन्त्रास फैलिएको विभिन्न सन्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

यसैबीच विहारको एक कार्यक्रममा वोल्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् आतंकवादीहरूको जति सानो जमिन छ, अब त्यसलाई धूलोमा परिणत गर्ने समय हो। १.४ बिलियन भारतीयहरूको इच्छाशक्तिले यी आतंकवादीहरूको रीढ तोड्नेछ।” आतंकवादलाई सजायबिना छोडिनेछैन,” मोदीले भने। “न्याय सुनिश्चित गर्न हर प्रयास गरिनेछ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group