ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जम्मु कश्मीरमा आतंकवादी हमलामा मृत्यु भएका सुदीप बुटवलका, अर्का एक जना नेपाली पनि घाइते


एबीसी न्यूज
बैशाख १०, २०८२ बुधबार  १२ : ३६ बजे

काठमाडौं, १० वैशाख । भारतको जम्मु कश्मीरको पहलगाममा आतङ्कवादी हमलाबाट मृत्यु भएका एक नेपालीको ठेगाना बुटवल रहेको खुलेको छ ।

मृत्यु हुनेमा नेपालका सुदीप न्यौपाने रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकाको बासिन्दा रहेको उल्लेख गरिएको छ । हमलामा परेर सुदीप सहित २६ जनाको ज्यान गएको थियो ।

त्यस्तै आतंकवादी हमलाबाट आक्रमणमा परी घाइते हुनेमा एक नेपाली पनि रहेकी छन् । घाइते हुनेमा नेपालकी रेनु पाण्डे पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

सञ्चारमाध्यमहरुले घाइते र मृतकको नाम सार्वजनिक गरेको लिस्टमा पाण्डेको नाम पनि उल्लेख रहेको छ । सञ्चारमाध्यमका अनुसार उनी घाइते भएकी छन् भने उनको अवस्था स्थिर रहेको छ ।
सैनिक पोशाकमा ५ जना बन्दुकधारीले पर्यटकीय क्षेत्रमा रमाइरहेका पर्यटकलाई उनीहरुको नाम र देश सोध्दै हिन्दू नाम भएका जतिलाई गोली हानेका थिए । नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सञ्जिब शर्माका अनुसार हमलामा मृत्यु भएका सुदीपको घटनास्थलमा सवारी लाइसेन्स भेटिएको छ । उक्त लाइसेन्स भेटिएसँगै उनको पहिचान खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

सम्बन्धित

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com