ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौरी पालेर विद्यालय सञ्चालन


admin
चैत्र ९, २०७४ शुक्रबार   ९ : ४८   बजे

मलेखु, धादिङ, ९ चैत (रासस) : बेनीघाट रोराङ गाउँपालिका–२ मा रहेको रावलडाँडा आधारभूत विद्यालयमा मौरीपालन गरेर विद्यालयको स्रोत जुटाइएको छ ।

File Photo

विद्यालय सञ्चालनका लागि आर्थिक अभाव भएपछि मौरीपालन शुरु गरिएको हो । सरकारले सामुदायिक विद्यालय सञ्चालन गर्न तथा तह बढाउन अनुमति दिने तर शिक्षक दरबन्दी नपठाउने भएपछि सामुदायिक विद्यालय व्यवस्थापन समितिले नै शिक्षकलाई निजी स्रोतमा तलब खुवाउनका लागि मौरीपालन शुरु गरिएको हो ।

विद्यालय टाढा हुने एउटा तह पार गरेपछि अर्को तह पढ्नका लागि विद्यार्थीले विद्यालय नै परिवर्तन गर्नुपर्ने समस्याका कारण विद्यालयको तह बढाउन वैकल्पिक आयआर्जन गर्नुपर्ने बाध्यता विद्यालयलाई छ ।

नजिक विद्यालय नहुँदा विद्यार्थी माथिल्लो कक्षा अध्ययन गर्नको लागि टाढा जान नसक्ने कारणले गर्दा विद्यालय छाड्ने समस्या बढ्दै गएपछि विद्यालयको तह वृद्धिको लागि आयआर्जनको बाटो खोजेको रावलडाँडा आधारभूत विद्यालयका अभिभावक रामबहादुर रावलले बताउनुभयो ।

कक्षा ८ सम्मको अनुमति भए पनि एक जनाले बालविकास केन्द्रको सहयोगमा पढाउने र एक प्राथमिक तहको दरबन्दीबाहेक कुनै शिक्षक नभएको पूर्व गाविस अध्यक्षसमेत रहनुभएका उहाँले जानकारी दिनुभयो । कक्षा ८सम्म पढाइ हुने विद्यालयमा हाल २२४ विद्यार्थी पढ्ने गर्छन् ।

अहिले विद्यालयको छतमा २० घार मौरी पालिएको छ । विद्यालयलाई गैरसरकारी संस्था युएमएन र प्रयास नेपालले आधुनिक मौरीको घार निःशुल्क उपलब्ध गराइदिएको थियो । अहिले परीक्षणका रुपमा २० घारमा मौरी राखिएको र यसको उत्पादन राम्रो भएमा थप बढाउने विद्यालयका प्रधानाध्यापक सञ्जीव रावलले बताउनुभयो ।

समुदायकै पहलमा विद्यालयको तह वृद्धि गरी सामूहिक तरकारी खेती गरी, अन्न संकलन गरी तथा खसीबाख्रा पालेर पनि धादिङका केही विद्यालयले अहिले शिक्षकलाई तलब खुवाउँदै आएका छन् । ग्रामीण क्षेत्रका प्राथमिक तहका धेरैजसो विद्यालयमा शिक्षक दरबन्दी नहुने र निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन अन्न तथा नगदै संकलन गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group