काठमाडौं २७ चैत । फागुनसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ०४ अर्ब ८२ करोड ९६।० प्रतिशत० ले बढेको छ।
गत वर्षको फागुनसम्म १ खर्ब ९९ अर्ब ५० करोड ९४।२ प्रतिशत० ले बढेकोमा थप सुधार भएको हो।
वार्षिक विन्दुगत आधारमा २०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७।७ प्रतिशतले बढेको छ।
२०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३।२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६।८ प्रतिशत रहेको छ।
निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ६।३ प्रतिशत, विकास बैंकहरुको ३।१ प्रतिशत र वित्त कम्पनीहरुको कर्जा प्रवाह ५।७ प्रतिशतले बढेको छ।
२०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति ९कृषि तथा गैर–कृषिजन्य वस्तु० को सुरक्षणमा १४।५ प्रतिशत छ भने घर जग्गा धितो सुरक्षणमा ६५।२ प्रतिशत छ।
आर्थिक वर्ष २०८१र८२ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९।३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९।५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४।४ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७।८ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८।० प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६।७ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ३।७ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ३१।५ प्रतिशतले, ट्रष्ट रिसिट ९आयात० कर्जा ५८।१ प्रतिशतले, हायर पर्चेज कर्जा ४।७ प्रतिशतले, नगद प्रवाह कर्जा ३।६ प्रतिशतले र रियल स्टेट कर्जा ९व्यक्तिगत आवासीय घर कर्जासमेत० ५।९५ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा १२।६ प्रतिशतले घटेको छ ।







प्रतिक्रिया दिनुहोस्