ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति चुनाव हुने


एबीसी न्यूज

काठमाडौं २६ चैत । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले आउँदो जुन ३ मा राष्ट्रपति पदको चुनाव हुने घोषणा गर्नुभएको छ । दक्षिण कोरियाको संवैधानिक अदालतले युन सुक येओललाई राष्ट्रपति पदबाट हटाएपछि कार्यवाहक राष्ट्रपति हान–डक सुले आज राष्ट्रपति चुनावको मिति घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

पूर्वराष्ट्रपति युनले गएको डिसेम्बरका ‘मार्शल ल’ घोषणा गरेपछि उहाँलाई संसद्ले महाभियोग लगाएको थियो । गएको हप्ता अदालतले उहाँको महाभियोगलाई समर्थन गरेपछि ६० दिनभित्र मध्यावधि चुनावका लागि बाटो खुलेको हो ।

कार्यवाहक राष्ट्रपति हान डक–सुले चुनावको मिति घोषणा गर्दै देशले ‘घाउबाट छिटो निको हुन’ र ‘माथि र अगाडि’ जान आवश्यक रहेको बताउनुभएको खबरमा उल्लेख छ ।

युनको ‘मार्शल ल’ घोषणाले दक्षिण कोरियालाई राजनीतिक अनिश्चिततामा धकेलेको थियो । कार्यवाहक राष्ट्रपति हानले विगत चार महिनादेखि नागरिकमा भ्रम र चिन्ता पैदा गरेकोमा तथा राष्ट्रपति पद रिक्त भएको यो दुःखद परिस्थितिको सामना गर्नुपरेकोमा क्षमा पनि माग्नु भएको छ ।

अहिलेका लागि प्रधानमन्त्री हानले कार्यवाहक राष्ट्रपतिका रूपमा सरकार चलाइरहनुभएको छ । संवैधानिक अदालतले उहाँको महाभियोगलाई खारेज गरेपछि उहाँले भर्खरै पुनः काम शुरू गर्नुभएको हो ।

नेतृत्वको अभावमा दक्षिण कोरियाले विमान दुर्घटना र देशको इतिहासमा सबैभन्दा घातक डढेलोलगायत विभिन्न सङ्कत र चुनौतीहरू भोग्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com