ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध ठूलो प्रदर्शन


एबीसी न्यूज
चैत्र २४, २०८१ आईतबार  १ : १५ बजे

काठमाडौं २४ चैत । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ । राष्ट्रपतिको पद सम्हालेपछि ट्रम्पविरुद्ध अमेरिकी नागरिकले विरोध गरेको यो पहिलो पटक हो । अमेरिकाका सबै ५० राज्यका झन्डै एक हजार दुई सय ठाउँमा विरोध प्रदर्शन भइरहेको बीबीसीले जनाएको छ ।

ट्रम्पविरुद्ध बोस्टन, शिकागो, लस एन्जलस, न्युयोर्क र वाशिङ्गटन डीसी लगायतका शहरहरूमा हजारौं मानिस भेला भएका छन् । यी विरोध प्रदर्शनहरूलाई ‘ह्यान्ड्स अफ’ नाम दिइएको छ । यसको अर्थ ट्रम्पले नागरिकको मामिलामा हस्तक्षेप गर्नु हुँदैन भन्ने हो ।

प्रदर्शनकारीहरूले सामाजिक र आर्थिक मामिलालगायत धेरै मुद्दाहरूमा राष्ट्रपति ट्रम्पको एजेन्डाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ट्रम्पले विश्वका धेरै देशमा कर लगाउने घोषणा गरेपछि अमेरिकाबाहिर पनि धेरै सभाहरू आयोजना गरिएको थियो । यसमा लन्डन, पेरिस र बर्लिनजस्ता शहरहरू समावेश छन् ।

अमेरिकाको बोस्टनमा केही प्रदर्शनकारीहरूले अमेरिकी विश्वविद्यालयका विद्यार्थीहरूमाथि अध्यागमनसम्बन्धी छापा मारेका कारण विरोध गरिरहेको बताएका छन् । केही समयअघि अमेरिकी विश्वविद्यालयका केही विदेशी विद्यार्थीहरूलाई पक्राउ गरी उनीहरूलाई देश निकाला गरिएको थियो ।

डेमोक्रेटिक सांसहरूको भाषण सुन्न वाशिङ्गटन डीसीमा हजारौं प्रदर्शनकारीहरू भेला भएका थिए । यी भाषणहरूमा ट्रम्प प्रशासनसँग सम्बन्ध धनी व्यक्तिहरूमाथि टिप्पणी गरिएको बीबीसीको खबरमा उल्लेख छ । उनीहरूले राष्ट्रपति ट्रम्पको सल्लाहकारका रूपमा कार्यरत र सरकारी खर्च र जनशक्ति घटाउने प्रयासमा पनि अगुवाइ गर्दै आएका एलन मस्कमाथि पनि टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com