ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल: गुजरातको पहिलो जित, मुम्बईको लगातार दोस्रो हार


एबीसी न्यूज
चैत्र १७, २०८१ आईतबार   ७ : ५०   बजे

काठमाडौं १७ चैत । इण्डियन प्रिमियर लिग ९आईपीएल० मा गुजरात टाइटन्सले पहिलो जित निकालेको दिन मुम्बई इण्डियन्सले भने लगातार दोस्रो हार व्यहोरेको छ।

शनिबार राति भएको खेलमा मुम्बईलाई ३६ रनले पराजित गर्दै गुजरातले आईपीएलमा पहिलो जित हात पारेको हो।

गुजरातले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन मात्र बनाउन सक्यो।

मुम्बईका लागि सूर्य कुमार यादवले बनाएको ४८ रन नै सर्वाधिक रह्यो। तिलक बर्माले ३९ रन थपे। नमन धिर र मिचेत सान्टनर समान १८ रनमा अविजित रहे।

कप्तान हार्दिक पाण्ड्याले ११ रन थपे। हन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। गुजरातका लागि मोहम्मद सिराज र प्रसिद कृष्णाले समान २ विकेट लिए। कागिसो रवाडा र साइ किशोरले समान एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा मुम्बइले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९६ रनको योगफल तयार पारेको थियो।

गुजरातका लागि ओपनर साइ सुदर्शनले सर्वाधिक ६३ रनको योगदान दिए। ४१ बलमा ४ चौका र २ छक्का प्रहार गरेका उनी ट्रेण्ड बोल्टको बलमा एलबीडब्लु धरापमा परे। जस बटलरले ३९ र कप्तान शुभमन गिलले ३८ रन थपे। मुम्बइका हार्दिक पाण्ड्याले २ विकेट लिए।

पहिलो जितसँगै गुजरात अकं तालिकाको तेस्रो स्थानमा उक्लेको छ। एक खेलमा जित र एक खेलमा हार भोगेको गुजरात २ अंकमा तेस्रो स्थानमा छ।

लगातार दोस्रो हार भोगेको मुम्बइ नवौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group