ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजावादीको षड्यन्त्र समाजवादी मोर्चाले असफल पार्‍यो- अध्यक्ष प्रचण्ड


एबीसी न्यूज

काठमाडौं १६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजावादीहरुको षड्यन्त्र समाजवादी मोर्चाले असफल पारेको दाबी गरेका छन् । शनिबार प्रेस सेन्टर नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादी मोर्चाको विरोधसभाका कारण राजावादीहरूको प्रदर्शन कमजोर बनेको बताए।

उनले आफूले राजावादीहरूले ठूला घटना गराउने योजना बनाएको सूचनासमेत पाएको बताए । उनले भने, ‘निरंकुश राजावादी तत्वहरूले तीनकुनेमा एउटा आततायी र विवेक शून्य आपराधिक घटनाहरू घटाउँदै थिए र नेपालको इतिहासमा क्रान्ति र प्रतिक्रान्ति अग्रगमन र पश्चगमन फेरि एकचोटि नयाँ सन्दर्भसहित आपसमा टकराइ रहेका थिए । मैले आज बिहान धेरै मानिसहरूले मलाई सम्पर्क गरेर भन्नुभयो, हिजो समाजवादी मोर्चाले प्रदर्शन पनि नगरेको भए राजतन्त्रवादीहरूले अझ ठूला घटना घटाएर देशमा एउटा प्रतिक्रान्तिलाई त्यसको पराकाष्ठामा पुर्‍याउने षड्यन्त्र थियो।

उनले राजावादीहरूको प्रदर्शनले धनजनको क्षति भएपनि क्षतिलाई यतिमा मात्रै सीमित गर्न गणतन्त्र पक्षधरहरूको प्रतिवद्धताले दबाब पुगेको बताए। ुधेरैको ज्यान बच्यो, धेरै धनजनको क्षति हुनबाट पनि बच्यो । दुई जनाको ज्यान गयो, थुप्रै गाडीहरू घरहरू जलाइए । संघ संस्थाका कार्यालय, पार्टीका कार्यालय जलाइए । तर मलाई बुद्धिजीवीहरूले भनेको कुरा के हो भने यदि समाजवादी मोर्चाले त्यो स्तरको गणतान्त्रिक शक्तिप्रदर्शन नगरेको भए राजावादीहरूलाई थप बल पुग्थ्यो,ु उनले भने।

अध्यक्ष दाहालले गणतन्त्रवादी दलहरूले लोकतन्त्रप्रतिको प्रतिवद्धता र संकल्प स्थापित गर्नका लागि ठूलो संख्याको जनसमुदायबीच विरोध सभा गरेर उदाहरण प्रश्तुत गरेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com