ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानमार भूकम्पमा सयौंको ज्यान गएको आशङ्का, थाइल्यान्डमा पनि ठूलो क्षति


एबीसी न्यूज
चैत्र १५, २०८१ शुक्रबार  १० : ०७ बजे

काठमाडौं १५ चैत । म्यानमारमा गएको ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण म्यानमार र सीमावर्ती थाइल्यान्डका बैंककसहित विभिन्न क्षेत्रमा क्षति पुगेको छ ।

म्यान्मारमा पहिलो भूकम्प गएको १२ मिनेटपछि फेरि ६ दशमलव ४ म्याग्निच्युडको अर्को भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय ९यूएसजीएस० ले जनाएको छ ।

उद्धार टोलीका एक सदस्यले भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या अझै थाहा नभएको तर कम्तीमा सयौंको ज्यान गुमाएको हुनसक्ने बताएका बीबीसीले जनाएको छ । भूकम्पपछि म्यान्मार सैन्य शासनले राजधानी नेपिएडोसहित देशका ६ वटा क्षेत्रमा सङ्कटकाल घोषणा गरेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसैबीच थाइल्यान्डको राजधानी बैंककमा निर्माणाधीन एउटा ३० तले भवन भत्किँदा कम्तीमा ७० जना मजदूर बेपत्ता भएका थाई अधिकारीहरूले बताएका छन् । बैंककमा भूकम्प थेग्न सक्ने गरी भवन निर्माण नगरिएका हुनाले ठूलो क्षति पुगेको हुन सक्ने खबरमा उल्लेख छ ।

थाई सरकारले आपत्कालीन बैठक बोलाएको छ । भूकम्पको धक्का दक्षिण पश्चिम चीनमा पनि महसूस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

स्वास्थ्य बीमा ‘राष्ट्रिय गौरव’को बहस : गगन थापाको घोषणा, सम्भावना र चुनौती

सम्बन्धित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

इजरायली विनाशपछि दक्षिणी गाउँहरूको पुनर्निर्माण गर्ने लेबनानी प्रधानमन्त्रीको घोषणा

कांग्रेसको ‘होम ड्यूटी’ रणनीति: ‘जहाँ जिम्मेवारी, त्यहीँ खटिने’

स्वास्थ्य बीमा ‘राष्ट्रिय गौरव’को बहस : गगन थापाको घोषणा, सम्भावना र चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com