ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजावादीको आक्रमणमा पत्रकारको खुट्टा भाँचियो


एबीसी न्यूज

काठमाडौं १५ चैत । काठमाडौँको तीनकुनेमा राजावादीको अराजक समूहको आक्रमणमा परेर पत्रकार दिनेश गौतमको खुट्टा भाँचिएको छ। आज शुक्रबार दिउँसो भएको राजावादी प्रदर्शनको रिपोर्टिङ गर्न पुगेका अनलाइन खबर डटकमका पत्रकार गौतम आक्रमणमा परेका हुन्।

अनलाइनखबरका अनुसार राजावादी प्रदर्शनकारीले प्रहरीको अश्रुग्यास प्रहार गर्ने ुगनु खोसेको तस्बिर कैद गरेका गौतमलाई प्रहरीको सीआईडी भन्दै कुटपिट गरेका थिए।

त्यसलगत्तै सुरक्षाकर्मीको टोली आएर अश्रुग्यास प्रहार भएपछि गौतम भागेका थिए। भागेर कोटेश्वरतर्फ जाने क्रममा उनलाई अराजक बनेका प्रदर्शनकारीले उनलाई लखेटिरहेका थिए।

भागिरहेका गौतमलाई अनलाइन खबरका अर्का पत्रकारसहितको टोलीले महादेवस्थान छिर्ने बाटोतर्फ लगेका थिए।

घाइते भएका उनलाई नजिकैको एभरेष्ट अस्पतालमा लगिएको थियो। अस्पतालमा चिकित्सकले खुट्ट भाँचिएको जानकारी गराएका थिए।

त्यस्तै राजावादी समूहको उग्र प्रदर्शनकारीले तीनकुनेको एक घरमा लगाएको आगलागीमा परेर एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको पनि मृत्यु भएको छ।
प्रदर्शनकारीले तीनकुनेमा रहेको कान्तिपुर र अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालयमा तोडफोड गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com