ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेशीसहरका नागरिकलाई अब बाह्रै महिना शुद्ध खानेपानी – मन्त्री यादव


एबीसी न्यूज

काठमाडौं ६ चैत । खानेपानीमन्त्री प्रदीप यादवले लमजुङको बेसीशहरका नागरिकको खानेपानीको समस्या तत्कालका लागि अन्त भएको बताएका छन् ।

बुधबार लमजुङको बेसीशहरस्थित सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले बेशीसहरमा देखिएको खानेपानीको समस्या समाधान गरिनुका साथै यहाँका नागरिकले बाह्रै महिना स्वच्छ खानेपानीको प्रयोग गर्न पाउने बताए ।

‘कुनै पनि समाजको समृद्धि स्वस्थ जीवनशैलीको आधार स्वच्छ पानी हो । तर, विगतमा लमजुङको बेसीशहर नगरपालिकाका नागरिकहरूले खानेपानी अभावका कारण दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको थियो । पानीको अभावका कारण यहाँको बसाइ कठिन थियो, तर आजको दिनले यहाँ नयाँ युगको सुरुवात गरेको छ,’ मन्त्री यादवले भने ।

नेपाल सरकारको नीति नै नागरिकलाई सुरक्षित, दिगो र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउनु भएकाले देशका दुर्गम क्षेत्र सहित लमजुङका नागरिकको खानेपानीको समस्या सधैका लागि समाधान गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको मन्त्री यादवले बताए ।

‘देशका हिमाल, पहाड, तराईसहित विभिन्न दुर्गम क्षेत्रका नागरिकहरूको खानेपानीको समस्या सधैका लागि समाधान गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध छ,’ मन्त्री यादवले भने ।

त्यसैगरी मन्त्री यादले संघीय सरकार, उपभोक्ता समिति र स्थानीय समुदायको साझा प्रतिबद्धता, सहकार्य र परिश्रमको फलस्वरूप आज बेसीशहरमा यो महत्त्वपूर्ण सफलता हासिल गर्न सफल भएको भन्दै खुसी समेत व्यक्त गरे । ‘अब बेसीशहरका हजारौँ नागरिकहरू निरन्तर रूपमा शुद्ध, प्रशोधित, र सुरक्षित खानेपानी सेवा प्राप्त गर्न सक्षम हुनेछन् । सरकार नागरिकको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ,’ उनले भने ।

नगर विकास कोषबाट लिइने ऋणमा ब्याजदर कम गर्न पहल गरिरहेको र यसले उपभोक्ताहरूलाई आर्थिक रूपमा थप सहज बनाउने विश्वास लिएको बताउनु हुँदै उहाँले खानेपानी सेवाको विस्तार तथा नवप्रवर्तनका लागि आवश्यक स्रोत सुनिश्चित गर्न मन्त्रालयले दीर्घकालीन योजना बनाउने बताए ।

‘हाल सह–लगानी मोडेलमा उपभोक्ताले ३० प्रतिशत योगदान गर्नुपरेको भएता पनि अब सरकारले नीति परिमार्जन गर्दै निर्देशिका तयार गरि यो अनुपातलाई ८५र१५ मा रूपान्तरण गरिसकेको तर जनतालाई अझै आर्थिक रूपमा सरल र सहजता प्रदान गर्न सह–लगानी मोडेललाई शून्य प्रतिशत बनाउन म प्रतिबद्ध छु,’ मन्त्री यादवले भने ।

भावी योजना अन्तरगत बेसीशहर क्षेत्रको खानेपानी सेवा विस्तार गर्नका लागि १० करोडको नयाँ परियोजना अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेका तथा जलवायु परिवर्तन तथा दिगो खानेपानी व्यवस्थापनका लागि१७ करोडको थप योजना स्वीकृत गर्ने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी गराए ।

बुधबार उद्घाटन गरिएको उक्त आयोजनाले बेसीशहर नगरपालिकाको वडा नं। ६ देखि १० सम्मका करिब ४५ हजार जनसंख्या तथा २ हजार ७०० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिए ।

गुरुत्वाकर्षण प्रवाह प्रविधिमा आधारित भएकाले बिना पम्पिङ, न्यून ऊर्जा खर्चमा पानी आपूर्ति गर्न सकिने, पम्पिङ आवश्यक नपर्ने भएकाले नियमित, भरपर्दो, र टिकाउ खानेपानी सेवा यहाँका बासिन्दाले प्राप्त गर्न सक्ने महानिर्देशक ई श्रेष्ठले बताए ।

सार्वजनिक नीजी साझेदारी मोडेलमा सञ्चालित यो आयोजनामा नेपाल सरकारको ७० प्रतिसत र उपभोक्ता समितिको ३० प्रतिसत योगदान रहेको र कुल लागत रु २८ करोड ८३ लाख रहेकोमा नेपाल सरकारको रु २० करोड २८ लाख र उपभोक्ता समितिको रु ८ करोड ६४ लाख लगानी रहेको जनाइएको छ । उक्त आयोजनाले २४ घण्टा निरन्तर गुणस्तरीय पानी उपलब्ध गराउने र जसका लागि २८ एलपिएस क्षमता भएको आधुनिक प्रशोधन केन्द्र निर्माण गरिएको छ ।

आजको उक्त कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्रचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com