काठमाडौं ६ चैत । नेकपा माओवादी केन्द्र का सांसद जनार्दन शर्माले राजनीतिक दलहरू गणतन्त्र र जनताको जनजीविकामा सुधार गर्नुभन्दा सत्तामोह र अवसर पाउँदा असैद्धान्तिक गठबन्धन गर्ने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यासमा समस्या आएको बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै शर्माले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको कारण राजतन्त्र फर्किने कल्पना नगर्न आग्रह गरेका हुन्।
आफूलाई राजतन्त्र फर्किने डर नभई आफ्ना कमिकमजोरी सच्याउनसक्छौँ कि सक्दैनौँ भन्ने डर रहेको बताए।
‘हामीले संविधान निर्माण भएपनि मुलुकको अवस्था सुधार्न दत्तचित्त भएर लाग्नुपर्थ्यो। गणतन्त्र र जनताको जनजिविकामा सुधार गर्नुभन्दा पनि पार्टीहरुबीच र नेतहरूबीच कुर्सीको छिनाझप्टि, सत्तामोह, एकअर्काप्रतिका लागिगलौच र लाञ्छना र अवसर पाउँदा सबै असैद्धान्तिक गठबन्धमा सामेल हुने प्रवृत्तिका कारण लोकतान्त्रिक अभ्यासमा केही समस्या र अविश्वास पैदा भएका हुन्ु उनले भने।
संविधान कार्यान्वयनको दोस्रो कार्यकालसम्म आइपुग्दा संविधान कार्यान्वयनमार्फत अधिकार प्रयोगमा चुकेको विषयमा समीक्षा गर्न आग्रह गरे।








प्रतिक्रिया दिनुहोस्