ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजावादीको सक्रियतालाई लिएर सामाजिक सञ्जाल, सडक हुँदै संसदसम्म चर्चा


एबीसी न्यूज

काठमाडौं ४ चैत । राजावादीहरूको सक्रियतासँगै संसददेखि सडक र चोकदेखि सामाजिक सञ्जालसम्म राजा फर्कने र रोक्ने कुराको चर्चा बढेको छ ।

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश सार्वजनिक भएलगत्तै राजावादीको सक्रियता बढेको हो । त्यसपछि राजावादी र गणतन्त्रबादीबीच आरोप–प्रत्यारोप भइरहेको छ । अझ राजावादीहरूले फागुन २५ गते काठमाण्डौमा प्रदर्शन गरेपछि त गणतन्त्रवादीहरू झस्किएका छन् ।

राजावादीको प्रदर्शनकै कारण नेकपा ९माओवादी केन्द्र० ले तराई–मधेशमा आफ्नो अभियान नै रोक्यो । त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको छ । संवादका क्रममा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले सरकार परिणाममुखी काम गर्न प्रतिबद्ध भएको बताउनुभएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यस्तै संसदमा पनि राजा र राजावादीको सक्रियताको विषयले स्थान पाइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले राजा फर्काएर देखाउने चुनौती दिएको छ भने गणतन्त्रवादीहरूले विरोध गरिरहेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफू राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्ने बताउनुभयो । यस्तै प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले राजनीतिक दलको यस्तै प्रवृत्तिका कारण नागरिक एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर रहेको बताउनुभयो ।

आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै राजावादीहरूले आफूहरूको एजेन्डालाई कमजोरी ठानेर अपव्याख्या गर्न थालिए त्यसको मूल्य महँगो पर्ने चेतावनी दिएका छन् । तर सडकमा पूर्वराजाको समर्थनमा देखिएको भीडको जस कसले लिने भन्ने विषयमा राजावादीहरूबीच विवाद छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com