ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘समाजवादी मोर्चा प्रचण्डलाई सरकारमा जान बनाइएको टेको होइन’


एबीसी न्यूज

काठमाडौं २ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा आफूलाई सरकारमा जाने टेकोका रुपमा निर्माण नगरिएको बताएका छन्।
शनिबार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्। प्रचण्डको लागि समाजवादी टेको बनाइयो भन्नेकुरा सही नभएको उनको भनाई थियो।

उनले समाजवादी मोर्चालाई फागुन २५ गतेको राजावादीहरुको प्रदर्शनपछि मात्रै सक्रिय बनाइएको भन्नेकुरा गलत भएको र यसअघि पनि आफूहरुले विभिन्न कार्यक्रम गरेको स्पष्ट पारे।
अध्यक्ष दाहालले भने, ‘समाजवादी मोर्चा प्रचण्डको लागि टेको हो भन्नेकुरा बिल्कुलै गलत हो। हामीले समाजवादी मोर्चा सोचे, सम्झेर बनाएको हो। पहिला उपेन्द्र यादव हुनुहुन्थ्यो, अदालतमा मुद्दा परेकाले अहिले हुनुहुन्न। अहिले महेन्द्र राय यादव हुनुहुन्छ। हामी चार पार्टी नै रहेका छौँ। यो प्रचण्डको लागि भन्ने जो पर्न गएको छ, त्यो गलत पर्न गएको छ। समाजवादी मोर्चा २५ गतेको कार्यक्रमपछि मात्रै बैठक बसेर कार्यक्रम घोषणा गरेका होइन।’

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुले एक पटक जनतासँग आफ्नो आत्समीक्षा गर्न आवश्यक रहेको बताए। सोही उद्देश्य लिएर आफूहरु जनतासँग जोडिएको उनको जिकिर छ।

उनले विगतमा भएका त्रुटीहरु सच्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। समाजवादी मोर्चाको कार्यक्र राजावादीहरुको प्रदर्शको जवाफ र कम्पनको कुरा नभएको बताए।

उनले भने,‘हामीले के महशुस पक्कै गरेको हो भने हामी संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुले एक पटक जनतासँग आफ्नो आत्समीक्षा पनि जनतालाई राख्नुपर्ने भयो। केके त्रुटी विगतमा भए भन्नुपर्ने हुन्छ, अघि कसरी जाने भन्नेकुरा जनतालाई भन्नका लागि राखिएको कार्यक्रम हो। यो कुनै रियाक्शन पनि होइन। सानो कम्पन र ठूला कम्पनको कुरा पनि होइन।’

अध्यक्ष दाहालले सरकारमा भएका वा नभएका पनि गणतन्त्रका पक्षधहरुसँग कुरा भइरहेको तर सरकारले विपक्षी दलहरूलाई अघि बढ्न साथ दिने कुरा नगरेको बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com