ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन् २०२६ को अन्त्यमा स्टारशिप मंगल ग्रहमा प्रस्थान गर्नेः मस्क


एबीसी न्यूज
चैत्र २, २०८१ शनिबार  ८ : ०६ बजे

काठमाडौं २ चैत । सन् २०२६ को अन्त्यमा टेस्लाको मानवनिर्मित रोबोट अप्टिमससहित आफ्नो विशाल स्टारशिप रकेट मङ्गलग्रहका लागि प्रस्थान गर्ने स्पेसएक्सका संस्थापक एलन मस्कले शनिबार बताएका छन् ।

विश्वको सबैभन्दा ठूलो र शक्तिशाली रकेट ‘स्टारशिप’ मस्कको महत्वाकांक्षी परियोजना हो ।

‘स्टारशिप अर्को वर्षको अन्त्यमा अप्टिमसलाई लिएर मङ्गल ग्रहको लागि प्रस्थान गर्छ । यदि ती अवतरणहरू राम्रो भयो भने सन् २०२९ सम्ममा मानव अवतरण सुरु हुन सक्छ, यद्यपि मानव अवतरण सुरु हुन सन् २०३१ सम्म लाग्ने सम्भावना बढी छ,’ मस्कले सामाजिक सञ्जाल एक्समा भनेका छन् ।

टेस्लाका कार्यकारी प्रमुखसमेत रहेका मस्कले गत वर्ष एक कार्यक्रममा कम्पनीको अप्टिमस रोबोट सार्वजनिक गरेका थिए ।

उनले कुनै दिन सानातिना काम गर्न सक्ने र मित्रता पनि गाँस्नसक्ने प्रदान गर्ने ‘डान्सिङ रोबोट’ लाई २० हजारदेखि ३० हजार डलरसम्ममा बिक्री गर्न सकिने बताए ।

‘स्ट्याच्यू अफ लिबर्टीभन्दा लगभग १०० फिट अग्लो ४०३ फिट अग्लो स्टारशिप अन्ततः पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ ।

नासाले आफ्नो आर्टेमिस कार्यक्रमका लागि मुन ल्यान्डरको रूपमा स्टारशिपको परिमार्जित संस्करणको पनि प्रतिक्षा गरिरहेको छ, यसले यस दशकमा अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा फर्काउने लक्ष्य राखेको छ ।

स्पेसएक्सले ती मिसनहरू पूरा गर्नु अघि यसले यान विश्वसनीय छ, चालक दलका लागि सुरक्षित छ र जटिल ‘इन–ऑर्बिट रिफ्युलिङ’ गर्न सक्षम छ भन्ने प्रमाणित गर्नुपर्छ । गहिरो अन्तरिक्ष अभियानहरूको लागि यो हुनु महत्वपूर्ण छ ।

स्पेसएक्सले यसै महिना ‘स्टारशिप प्रोटोटाइप’को पछिल्लो परीक्षण उडान एक ज्वालामुखी विस्फोटमा परिणत भएपछि एक धक्काको सामना गर्नुपरेको थियो । यसको कक्षीय परीक्षणमा यसले सफलतापूर्वक कक्षमा प्रवेश गरेको थियो । यो अघिल्लो प्रयासको निकटको पुनरावृत्ति थियो ।
९राससरएएफपी०

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

सम्बन्धित

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com