ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा १२ जना पक्राउ, ९२ सवारी प्रहरी नियन्त्रणमा


एबीसी न्यूज

काठमाडौं २९ फागुन । काठमाडौँमा होली खेल्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँका विभिन्न क्षेत्रमा होली खेल्नेक्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा आज बिहीबार १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा २ महिला र १० पुरुष छन्।
प्रहरीका अनुसार पकनाजोलबाट २ महिला, न्युरोड ३ पुरुष, कोटेश्वरचोकबाट ४ पुरुष, सिंहदरबार पश्चिम गेटबाट २ पुरुष र साँखुमूलपानी क्षेत्रबाट १ पुरुषलाई नियन्त्रणमा पक्राउ परेका हुन्।
त्यस्तै प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने ९० सवारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपालटारबाट ३ वटा दुईपाङ्ग्रे सवारी, बालाजुबाट ७ वटा दुई पाङ्ग्रे सवारी, ठमेलबाट ६ वटा दुई पाङ्ग्रे सवारी, सोह्रखुट्टेबाट १ वटा मोटर साइकल, गल्कोपाखाबाट १ वटा मोटरसाइकल, कृष्णपाउरोटीबाट ३ वटा मोटरसाइकल, न्युरोड गेटबाट ८ वटा मोटरसाइकल र एक गाडी प्रहरीले नियन्त्रणमा लिएको छ

त्यस्तै फर्पिङचोकबाट ६ वटा मोटरसाइकल, बसपार्कबाट २ मोटरसाइकल र एउटा गाडी, बूढानीलकण्ठ गल्फुटारबाट ४ वटा मोटरसाइकल, कीर्तिपुरबाट २ वटा मोटरसाइकल, महाराजगञ्जबाट ४ वटा मोटरसाइकल, कोटेश्वरबाट ४ वटा मोटरसाइकल, सिंहदरबार पश्चिम गेटबाट २ वटा मोटरसाइकल, साँखु मुलपानी बौद्ध क्षेत्रबाट १० वटा मोटरसाइकल, कलंकी चोकबाट १४ मोटरसाइकल, खसीबजार चोक कलंकीबाट १० मोटरसाइकल, बल्खुचोकबाट २ मोटरसाइकल र त्रिपुरेश्वरचोकबाट १ वटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यो दिउँसो २ बजेसम्मको तथ्यांक भएको प्रहरीको भनाइ छ।

होलीमा हुनसक्ने अवान्छित क्रियाकलाप नियन्त्रणका लागि भनेर ट्राफिक प्रहरीले काठमाडौँका चोकचोकमा जाँच गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com