काठमाडौं २७ फागुन । प्रतिनिधिसभाको मंगलबारको बैठक चलिरहँदा कुर्सी भाँचिएर एमालेकी सांसस लडेकी छन्। नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले सदनलाई सम्बोधन गरिरहँदा एमालेकी सांसद उर्मिला थेबे बसेको कुर्सी भाँचिएको हो।
उनी लडेपछि थापा बोल्दाबोल्दै रोकिएका थिए भने बैठक केहीबेर प्रभावित भएको थियो। लडेकी सांसद थेबेलाई अन्य सांसदहरूले बैठककक्षबाट बाहिर निकालेका थिए।
लडेकी सांसद थेबेलाई भने कुनै चोटपटक नलागेको र उनी ठिक अवस्थामा रहेको एमालेकी सचेतक सुनिता बरालले नेपालखबरलाई जानकारी दिइन्।








प्रतिक्रिया दिनुहोस्