काठमाडौं २७ फागुन । सरकारले अनुचित लेनदेन जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो ।
बैठकले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा लमजुङका फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
त्यसैगरी स्वास्थ्य बीमा बोर्डको कार्यकारी प्रमुखमा रघुराज काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ । नियुक्तिका लागि गठित सिफारिश समितिले काफ्लेसहित कमल पन्थी र डा।कृष्णप्रसाद अधिकारीको नाम सिफारिश गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्