ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजतन्त्रको पक्षमा कुनै माहोल छैन, काठमाडौँमा हल्ला मात्रै गरेका हुन् – शेरबहादुर देउवा


एबीसी न्यूज

काठमाडौं २६ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राजतन्त्रको पक्षमा कुनै माहोल नरहेको दाबी गरेका छन्।

कैलालीको धनगढीमा पत्रकारसँग कुरा गर्दै देउवाले राजतन्त्रको पक्षमा आइतबार राजधानी काठमाडौँमा राजावादीले हल्ला मात्रै गरेको टिप्पणी गरे।

‘मुलुकमा राजतन्त्रको पक्षमा मैले कुनै माहोल देखेको छैन,’ सभापति देउवाले भने, ‘आइतबार भएको हल्ला मात्रै हो। हल्ला गरेर केही हुँदैन।’ आइतबार काठमाडौँमा भएको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमलाई हल्ला भन्दै उनले त्यसको कुनै अर्थ नरहेको बताए।

सभापति देउवाले सरकार सञ्चालनमा सत्तारूढ दलहरूबीच कुनै असमझदारी नरहेको पनि दाबी गरे। उनले यो समीकरण २०८४ सम्मै जाने ठोकुवा गरे।

सभापति देउवाले पार्टीको १५ औं महाधिवेशन समयमै हुने पनि बताए। काग्रेसको प्रदेश सम्मेलन उद्घाटनका लागि देउवा आज धनगढी आएका हुन्।

सुदूरपश्चिमको धनगढीमा नेपाली कांग्रेसको प्रथम प्रदेश सम्मेलन सुरु भएको छ। केहीबेरअघि सभापति देउवाले सम्मेलनको उद्घाटन गरेका छन्।

सम्मेलनमा सहभागी हुन सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेताहरू गोपालमान श्रेष्ठ, प्रकाशशरण महत, बालकृष्ण खाँण, दिलेन्द्र बडू पनि धनगढी आएका छन्।

कांग्रेस विधानमा हरेक कार्यसमितिले वर्षमा कम्तीमा एकपटक सम्मेलन गरी विगतको काम कारबाहीको समीक्षा र भविष्यको काम कारबाहीबारे छलफल गर्नुपर्ने व्यवस्था छ। सोहीअनुसार सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com