काठमाडौं, २२ फागुन । धुम्बाराहीमा इभी (इलेक्ट्रिक भेइकल) बसमा आगलागी भएको छ ।
चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । प्रदेश–३–०५००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको हो । आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।








प्रतिक्रिया दिनुहोस्