काठममाडौं २१ फागनु । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसका पहिलो सम्वोधनमा ग्रिनल्याण्ड जसरी पनि लिने भनेको प्रति ग्रिनल्यान्डका प्रधानमन्त्री म्युट बोरुप एगेडेले गम्भीर आपत्ति जनाएका छनन् । राष्ट्रपति ट्रम्पको टापु क्षेत्रलाई ‘जसरी पनिू प्राप्त गर्ने वाचा गरेपछि फेसबुकमा एक पोस्टमार्फत भनेका छन् । ‘हामी बिक्रीको लागि छैनौं र सजिलै लिन सकिँदैन। हाम्रो भविष्य हामी ग्रिनल्यान्डवासी आफैंले निर्णय गर्नेछौं।’
उनले भनेका छन् ‘हामी अमेरिकी बन्न चाहँदैनौं, न त डेनिस,’ एगेडेले लेखे, र थपे, ‘अमेरिकीहरू र तिनका नेताले यो कुरा बुझ्नुपर्छ।’
राष्ट्रपति ट्रम्पले कंग्रेसलाई सम्वोधन गर्दै ग्रिनल्याण्डका अतिरिक्त पानामा क्नाल पनि फिर्ता लिने दावी गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्