ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको रेकर्ड लामो सम्वोधनः उनी झन कठोर बन्दै


एबीसी टिप्पणी

ग्रिनल्याण्ड र पानामा जसरी पनि लिने, गाजाबारे भने मौन !

एबीसी टिप्पणी
काठमाडौं २१ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले आफ्नो ह्वाइट हाउसको पुनरागमन पछि कांग्रेसको संयुक्त सत्रलाई सम्वोधन गर्दै भनेका छन्“अमेरिकाको गति फर्किएको छ” । तर उनले यसो घोषणा गरिरहँदा, अमेरिकी लगायता विश्व स्टक बजार ओरालो लागेको छे । यसो हुनुको मुख्य कारण उनको अनौठो निर्णयको परिणाम थियो । ऐतिहासिक रुपले अमेरिकाका दुई निकटतम सहयोगीहरूमाथि उनले अघिल्लो रात २५ प्रतिशत ट्यारिफ थोपरेका थिए ।

यद्यपि उनले “हाम्रो आत्मविश्वास फर्किएको छ” भनेर घोषणा गर्दैगर्दा कन्फरेन्स बोर्डद्वारा मापन गरिएको उपभोक्ताहरूको वास्तविक आत्मविश्वास अगस्त २०२१ पछिको सबैभन्दा ठूलो मात्रामा घटेको देखिएको छ(न्यूयोर्क टाइम्स, मार्चा) ।

President Donald Trump's joint address to Congress.

President Donald Trump delivers an address to a joint session of Congress in the House chamber at the U.S. Capitol in Washington, on March 4, 2025. |

ग्रिनल्यान्ड खरिद गर्ने योजना
ट्रम्पले विश्वलाई नै विष्मित पानेगरी अघि सारेको ग्रिनल्याण्ड अमेरिकामा गाभ्ने योजनालाई अमेरिकी कंग्रेसमा प्रवेश गराएका छन् उनले भने“मलाई लाग्छ हामीले यो एक वा अर्को तरिकाले प्राप्त गर्नेछौं। हामीले यो पाउनेछौं,“ ट्रम्पले त्यहाँ रहेको खनिज–सम्पन्न डेनिस क्षेत्रलाई सैन्य बल वा आर्थिक दबाब प्रयोग गरेर कब्जा गर्ने सम्भावनालाई खुला राखेको खलेआम धम्की दिएका छन् । ट्रम्पले अझै पनि ग्रिनल्यान्डवासीहरूको छनोटको सम्मान गर्ने लोकाचारभित्र जसरी पनि ग्रिनल्याण्ड लिएर अलस्का खरिद प्रकरणपछि अमेरिकामा भूगोल थप्ने राष्ट्रपति हुन खोजेको प्रष्ट गरेका छन् । ट्रम्पले फेरि भनेका छन् “हामी तपाईंको आफ्नो भविष्य निर्धारण गर्ने अधिकारलाई दृढ रूपमा समर्थन गर्छौं। र यदि तपाईंले छनौट गर्नुभयो भने, हामी तपाईंलाई संयुक्त राज्य अमेरिकामा स्वागत गर्छौं।“ यो भन्दा सक्कली कुरा उनले त्यसअघि भनेको ‘एका वा अर्को तरिकाले’ प्राप्त गर्ने भन्ने हो ।

पानमा फिर्ता चाहियो, गाजाबारे मौन !

उनले पानामा क्यानल फिर्ता ल्याउने योजनालाई पूर्ववत रुपमा नै फिर्ता ल्याउने वाचा दोहराएका छन् । तर उनले गाजा खाली गर्ने बारेमा भने केही उल्लेख गरेनन् ।सम्भवत अरब विश्वसँग ट्रम्पले थप झगडा गर्न नचाहेको बुझ्न सकिन्छ । यसै हप्तामात्र अरब नेताहरुले कायरो सम्मेलन मार्फत गाजा पुनर्निमाणका लागि ५३ विलियन अमेरिकी डलर खर्च गर्ने योजना सार्वजनिक गरेका छन् ।

जेलेन्स्कीको पत्र
राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबाट एउटा पत्र प्राप्त गरेको कंग्रेसलाई जानकारी दिएका थिए । पत्रमा युक्रेन शान्तिको लागि तयार छ, उनीहरूले “अमेरिकाले युक्रेनको सार्वभौमसत्ता र स्वतन्त्रता कायम राख्न गरेको सहयोगको कदर गर्छन्,” र देश “तपाईंको लागि सुविधाजनक कुनै पनि समयमा ‘खनिज सम्झौता’ मा हस्ताक्षर गर्न तयार छ” भनेर भएको बताए । यही व्योहोरा जेलेन्स्कीले एक्समा समेत पोष्ट गरेका छन् । त्यसभन्दा नयाँ कुनै कुरा ट्रम्पले पाएको बारेमा केही बताएनन्।

गत शुक्रबारको ओभल अफिसको विस्फोटक बैठकको परिणामस्वरूप पछि यो विकासक्रम देखिएको हो । ह्वाइट हाउसले युक्रेनीहरूलाई छोडे जान चेतावनी दिएको थियो । त्यो बैठकमा खनिज सम्झौतामा हस्ताक्षर गर्ने लक्ष्य थियो। ट्रम्पले अमेरिका अझै पनि त्यो सम्झौतामा जस्ताको तस्तै हस्ताक्षर गर्न इच्छुक छ वा अब सम्झौताका शर्तहरू परिवर्तन गर्न चाहन्छन् भन्ने बारेमा भने थप केही बताएनन् ।

युरोपप्रतिको कटाक्ष
सम्वोधनमा ट्रम्पले धेरैकुरा नभनीकन युक्रेनका बारेमा युरोपले लिएको नीति र अडानको उपहासलाई उनले दोहराउँदै भने “युरोपले दुखद रूपमा रुसी तेल र ग्यास किन्नमा युक्रेनको रक्षामा खर्च गरेको भन्दा धेरै पैसा खर्च गरेको छ, धेरै नै। यो सोच्नुहोस्। उनीहरूले रुसी तेल र ग्यास किन्नमा रक्षामा खर्च गरेको भन्दा बढी खर्च गरेका छन्। र हामीले सायद ३५० अर्ब डलर खर्च गरेका छौं, जस्तो कि बच्चाबाट क्यान्डी खोस्नु जस्तो । त्यस्तै भयो। र उनीहरूले १०० अर्ब डलर खर्च गरेका छन्।”


राष्ट्रपति ट्रम्पले यस्तो कुराको धेरै पटक भन्दै आएका छन् । तर उनले युक्रेनको लागि अमेरिकी आर्थिक सहायतालाई अतिरञ्जित गर्छन्। कंग्रेसनल रिसर्च सर्भिसले रिपोर्ट गरे अनुसार सन् २०२२ को वित्तीय वर्षदेखि कांग्रेसले युक्रेनको लागि १७४ अर्ब डलर सहायता विनियोजन गरेको छ। पेन्टागनको इन्स्पेक्टर जनरलले यो आँकडा करिब १८२ अर्ब डलर भएको अनुमान गरेका छन्(फरेन पोलिसी)।
ट्रम्पको युरोपेली खर्चको तुलनामा भने बढी सत्यता छ। उनले यो टिप्पणी सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयरको रिपोर्टमा आधारित भएर गरेको देखिन्छ । युरोपले गत वर्ष रूसबाट तेल र ग्यास आयातमा २२ अर्ब डलर खर्च गरेको थियो। किल इन्स्टिच्युट फर द वल्र्ड इकोनोमीका अनुसार युरोपेली सङ्घले गत वर्ष युक्रेनको लागि २० अर्ब डलर विनियोजन गरेको थियो ।

व्यापार युद्ध

बजारमा दोस्रो दिनको अस्थिरतापछि, ट्रम्पले यो हप्ता आफूले सुरु गरेको व्यापार युद्धको सम्भावित आर्थिक प्रभावलाई कम आँकलन गरेका थिए। मेक्सिको र क्यानडामाथि २५% कर र चिनियाँ आयातमा थप १०% कर थोपरेकोमा विश्वव्यापी हलचल मच्चिएको भोलिप्लट उनले कंग्रेसमा सम्वोध नगरिरहेका थिए ।
उनले यी देशहरुमा कर लगाएको दम्भ प्रदर्शन गर्दा धेरै रिपब्लिकनहरू उठेनन् । ट्रम्पको आयात करले उनको पार्टीलाई विभाजन गरेको संकेत हो(बीबीसी न्युज)। “करहरू अमेरिकालाई फेरि धनी बनाउने र अमेरिकालाई फेरि महान बनाउने बारे हो,“ उनले स्पष्टीकरण दिएका थिए । ‘यो निकै छिटो हुनेछ। त्यहाँ थोरै अशान्ति हुनेछ, तर हामी त्यसमा ठीक छौं। यो धेरै हुने छैन।“ ट्रम्पले ईयू र ब्राजिल, भारत र दक्षिण कोरिया जस्ता देशहरूलाई पनि “अनुचित“ कर अभ्यासहरू गरेको भन्दै निशानामा पारेका थिए । उनले अमेरिकी व्यापारिक साझेदारहरूसँग अनुकूलित पारस्परिक करहरू अप्रिल २ मा “सुरु हुनेछ।“

हालैका हप्ताहरूमा, ट्रम्पको स्वर युक्रेनप्रति रूसप्रति भन्दा धेरै कठोर भएको छ। र आज राति उनले युक्रेनबारे आश्चर्यजनक रूपमा छोटो खण्डको अन्त्य गर्दै भने, “हामीले रूससँग गम्भीर छलफल गरेका छौं र बलियो संकेतहरू प्राप्त गरेका छौं कि उनीहरू शान्तिको लागि तयार छन्।

तर यो भाषण — राष्ट्रपतिबाट विकृति, गलत सूचना र स्पष्ट झूटले भरिएको भन्दै अधिकांश अमेरिकी मिडियाले चर्को आक्रोश व्यक्त गरेबाट नै ट्रम्पको भाष्य र दिशालाई थप स्पष्ट गरेको छ । द टाइम्सका लामो समयदेखिका कांग्रेस इतिहासकार कार्ल हल्सले राष्ट्रपति र विपक्षीबीच यति ठूलो खाडल कहिल्यै नदेखेको टिप्पणी गरेका छन् । जब राष्ट्रपति सदनमा प्रवेश गर्दा ट्रम्पले हाउस फ्लोरका सदस्यहरूबमा उत्पन्न गरेको तीव्र आक्रोशलाई टिप्पणीकारहरुल्े अमेरिकी लोकतन्त्रको अधोपतनको संकेतका रुपमा उल्लेख गरेका छन् ।

हाउसको आक्रोशको जकाफमा ट्रम्पले बाइडेनलाई इतिहासकै सबैभन्दा खराब राष्ट्रपति भन्दै पुनः अपमान दोहराए भने डेमोक्र्याटिक नीतिहरूलाई “पागल” भन्दै उक्साएका थिए । अमेरिकी राष्ट्रपतिले बिना अनुमति दशौं हजार सरकारी कर्मचारीहरूलाई बर्खास्त गरिरहेका छन् र युक्रेन र करको मुद्दामा युरोप र उत्तरी अमेरिकाका लामो समयदेखिका सहयोगीहरूसँग जानाजानी सम्बन्ध तोडिरहेका छन् । यस्तो बेलामा कोही चुपचाप बस्न नसक्ने भन्दै अधिकांश उदार मिडियाले चर्को आचालेना शुरु गरिसकेका छन् ।
ट्रम्पले बजेट सन्तुलन गर्ने हास्यास्पद दाबी गर्दा रोस्ट्रममा चिच्याउन मन लागेको कतिपय डेमोक्रयाटहरुको प्रतिक्रिया रोचक र अमेरिकी व्यवस्थाप्रतिको छेडखानी जस्तो सुनिंदैन त ?
डेमोक्र्याटहरूले हप्तौंदेखि ट्रम्पको अमेरिकी संस्थाहरूमाथिको मेसिन–गन आक्रमणको जवाफ कसरी दिने भन्ने हात बाँधोर बसेका छन । तर गलत सूचनाको बाढीमा चिच्याउन नसक्नेहरूलाई के भन्ने भन्दै अमेरिकी मिडियाले आश्चार्य जनाइरहेका छन् । २०२१ मा त्यही हलमामा के भयो भनेर स्मरण गर्ने हो भने कंग्रेसका सदस्यहरूले राष्ट्रपतिका समर्थकहरूले गरेको हिंसाबाट जिउ जोगउन लुक्नुपरेको थियो । त्यहीविन्दुबाट अमेरिकी संसको शिष्टाचारको विषय अब विगतको कुरा भएको बताउन थालिएको हो ।

सवैभन्दा लामो सम्वोधन

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति कांग्रेसलाई दिएको वार्षिक राष्ट्रपति सम्बोधन सबैभन्दा लामो एक घण्टा ४० मिनेटको थियो। पूर्व राष्ट्रपति बिल क्लिन्टनले सन् २००० मा एक घण्टा २८ मिनेट बोलेर बनाएको अघिल्लो रेकर्डलाई ट्रम्पले उछिनेका छन् । उनका पूर्ववर्ती जो बाइडेनले गत वर्ष उल्लेखनीय रूपमा कम समय एक घण्टा सात मिनेटको सम्वोधन गरेका थिए ।
ट्रम्पले पहिलो पटक संयुक्त कांग्रेस सम्बोधन सन् २०१७ मा गरेका थिए । त्यो बेला उनले एक घण्टाभन्दा अलि बढी बोलेको र त्यो आश्चर्यजनक रूपमा राष्ट्रपतिय शैलीको सम्बोधन रहेको अमेरिकी मिडियाले उल्लेख गरेका छन् उनले २०१८, २०१९ र २०२० मा थप तीन पटक स्टेट अफ द युनियन भाषणहरूमा औसत रूपमा करिब एक घण्टा २० मिनेट बोलेका थिए । अमेरिकी राष्ट्रपति परियोजना कार्यालयका अनुसार पछिल्लो सम्वोधन आधुनिक राष्ट्रपति इतिहासमा सबैभन्दा लामो हो ।

Roberto Ortiz applauds Allyson Phillips, mother of Laken Riley, and sister Lauren Phillips.
Roberto Ortiz applauds Allyson Phillips and Lauren Phillips, the mother and sister of Laken Riley. | Julia Demaree Nikhinson/AP

इलन मस्कको कंग्रेसमा पनि हिटलर सलाम
कंग्रेसको संयुक्त सत्रमा अर्बपति तथा ट्रम्पका प्रथम साथ इलन मस्क प्रथम महिला मेलानिया ट्रम्पको साइडमा आसन ग्रहण गरेका थिए। सम्वोधनका क्रममा ट्रम्पले पटक पटक मस्क र डोजको प्रशंशा गर्दा मस्कले उठेरु हिटलर शैलीको उनको चर्चित सलाम गरेका थिए । तर उनी आज ठाँटिएर औपचारिक पोशाकमा थिए । प्राय उनी आउटफिट र मागा क्यापमा देखिने गरेका थिए । “अमेरिका फर्किएको छ,” भन्ददा रिपब्लिकनहरूले “यूएसए” को उग्र नारा लगाएका थिए । सम्बोधनभरि, हँसिलो देखिएका ट्रम्पले आफ्नो प्रशासनको “तेज र अथक कारबाही” को प्रशंसा गरे र आफ्ना अर्बपति सल्लाहकार इलन मस्कको कामको तारिफ गर्दै “धन्यवाद, एलन,” मस्कतर्फ संकेत गर्दै उता डेमोक्र्याटहरूले भने “मस्कले चोर्छ” लेखिएका प्याडलहरू देखाइरहेका थिए ।


प्रथम महिला मेलानिया ट्रम्पसँग सम्बोधन हेर्न बसेका १५ पाहुनाहरूमा पेन्सिलभेनियाको चुनावी ¥यालीमा मारिएका अग्निनियन्त्रक जो बटलरकी पत्नी कोरी कम्पेराटोरकी विधवा र छोरी पनि थिए । एक अमेरिकी शिक्षक ट्रम्पले गत महिना रुसी जेलबाट मुक्त गर्न सहयोग गरेका मार्क फोगेल । अन्य पाहुनाहरू प्रशासनका नीतिहरूलाई संकेत गर्नेका रुपमा ल्याइएका थिए । अमेरिकामा कानुनी हैसियतबिना रहेका व्यक्तिहरूद्वारा मारिएका अमेरिकीहरूका परिवारका सदस्यहरू र ट्रान्स–विरोधी वकालतकर्ताहरू समेत उपस्थित थिए ।

Elon Musk shakes hands with an unidentified man in the House chamber.
Elon Musk is seen before President Donald Trump delivers an address to a joint session of Congress in the House chamber at the U.S. Capitol in Washington, on March 4, 2025. |

ट्रम्पको कार्यालयमा फर्किएको ४३ दिनको विनाशकारी मूल्य हाउस फ्लोरमा डेमोक्र्याटहरूको आक्रोशित तर अँध्यारो अनुहारको प्रतिक्रियामा टेलिभिजन स्क्रिनहरुमा प्रदर्शित थियो ।तिनीहरूमध्ये धेरैले भाषणको सुरुवाती क्षणहरूमा हुटिङ र आलोचना समेत गरेका थिए। जब राष्ट्रपतिले गणितलाई चुनौती दिँदै आफूसँग जनमतको ठूलो अग्रताको जनादेश भएको दाबी गरेका थिए । गत उनले चुनावमा ५० प्रतिशतको संख्यालाई पार गरेर ५१ प्रतिशतमा पुगेका थिएनन् भने उनले कमला ह्यारिसलाई १.५ प्रतिशत बिन्दुभन्दा कमले मात्र हराएका थिए । केही डेमोक्र्याटहरूले “मस्कले चोर्छ,” “कुनै राजा छैन” र “मेडिकेड बचाऔं” लेखिएका प्लेकार्डहरु संसदभित्रै देखाएका थिए । अरूले विरोधको रङको रूपमा गुलाबी पोशाक लगाएका थिए।

राष्ट्रपति ट्रम्पले आफ्नो १ घण्टा ४० मिनेटको भाषणमा आफ्ना डेमोक्र्याटिक पूर्ववर्ती जो बाइडेनको कम्तीमा १६ पटक उल्लेख गर्दै विभिन्न रुपमा मजाक, र तेजोबध गरेका थिए(पोलिटिको)। बाइडेनलाई “सबैभन्दा खराब राष्ट्रपति” भन्ने र अण्डाको मूल्य बृद्धि समेतलाई उनलाई दोष दिएका थिए। केही पटक उनले कमला ह्यारिसको पनि नाम लिएका थिए ।
सामान्यतया राष्ट्रपतिहरूले पहिलो सम्वोधनको अवसरलाई अगाडिको रोडम्याप प्रस्ताव गर्नमा प्रयोग गर्छन् । पूर्व राष्ट्रपति जर्ज डब्लु. बुशको पहिलो कार्यकालदेखि दुई दशकभन्दा बढी पछाडि जाँदा, हालैका कुनै पनि राष्ट्रपतिले — आफ्नो पहिलो कांग्रेस सम्बोधनमा — आफ्नो “पूर्ववर्ती” (वा “अघिल्लो प्रशासन”) लाई एक पटकभन्दा बढी उल्लेख नगरेको टाइमले जनाएको सन्दर्भ रोचक छ ।

Democratic lawmakers hold up signs in protest while seated in the House chamber.
Democratic lawmakers hold up signs in protest as President Donald Trump delivers an address to a joint session of Congress in the House chamber at the U.S. Capitol in Washington, on March 4, 2025.

टम्प बोल्न शुरु गर्ने वित्तिकै टेक्सासका प्रतिनिधि अल ग्रीनले रोस्ट्रमतिर चिच्याउँदै सभामुख माइक जोन्सनको बस्ने आदेशलाई अस्वीकार गरे । अन्ततः ग्रीन र जोन्सन दुवैले चाहेको तमाशा प्राप्त गरे, जब सभामुखले ग्रीनलाई सभागृहबाट बाहिर निकान्ने आदेश दिए । यो आधुनिक युगमा पहिलो पटक भएको थियो, जसरी ट्रम्प प्रशासनमा सबै काम कार्यकालका अन्य धेरै पक्षहरू भन्दा पहिलो पटक भएका छन्(वाशिंगटन पोष्ट)।

वर्षौंदेखि, राष्ट्रपति सम्बोधनको समयमा प्रदर्शनकारी विस्फोटहरू बढ्दै गएका छन्। जो विल्सनले २००९ मा राष्ट्रपति बराक ओबामालाई झूट बोलेको भनेका थिए । न्यान्सी पेलोसीले २०२० मा ट्रम्पको स्टेट अफ द युनियन भाषण च्यातिदिएकी थिइन्। मार्जोरी टेलर ग्रीन र लरेन बोएबर्टले २०२२ र २०२३ मा राष्ट्रपति जो बाइडेनको हुटिङ गरेका थिए ।

Democrats hold signs saying “False” and “Save Medicaid.” Some wear pink.
Representative Rashida Tlaib, Democrat of Michigan, holds a “That’s a LIE!” sign, while other Democrats show their opposition during President Trump’s speech on Tuesday.Credit…Haiyun Jiang for The New York Times
Representative Al Green shouts as Trump addresses Congress.
Representative Al Green shouts as Trump addresses Congress. Photograph: Chip Somodevilla/Getty Images

विपक्षी आवाज


मिशिगनकी सिनेटर एलिसा स्लटकिनले डेमोक्रेटिक पार्टीको तर्फबाट टिप्पणी गर्दै डोनाल्ड ट्रम्पका नीतिहरूले उपभोक्ताहरूका लागि लागत बढाउने भन्दै राष्ट्रपतिलाई लोकतन्त्रको लागि खतरा भएको पुरानै धारणा दोहराएकी छिन् । “अमेरिकीहरूले यो स्पष्ट गरेका छन् कि मूल्यहरू धेरै उच्च छन् र सरकारले उनीहरूका आवश्यकताहरूप्रति बढी जवाफदेही हुनुपर्छ,” स्लटकिनले ट्रम्पको कांग्रेसको संयुक्त सत्रमा गरेको सम्बोधनको डेमोक्र्याटहरूको आधिकारिक खण्डन गर्दै भनिन्। “त्यसैले हामीलाई हाम्रो सरकारलाई आज हाम्रो जीवनप्रति बढी जवाफदेही बनाउन आवश्यक छ, तर एक क्षणको लागि पनि आफूलाई यो नठान्नुहोस् कि लोकतन्त्र मूल्यवान र बचाउन लायक छैन,” ।
उनले मतदाताहरूलाई टाउन हलहरूमा गएर आफ्नो आवाज सुनाउन पनि आह्वान गरेको कसरी प्रदर्शन हुनेछ त्यो भने हेर्न बाँकी छ । उनले ट्रम्पको युक्रेनप्रतिको अडानको आलोचना गर्दै भनिन् राष्ट्रपति रोनाल्ड रेगन “आफ्नो चिहानमा पल्टिरहेका हुनुपर्छ” वर्तमान कमान्डर–इन–चीफको हालैको भोलोदिमिर जेलेन्स्कीसँगको झगडाको कारण।

स्लटकिनले गत वर्ष ट्रम्पले जितेको राज्यमा आफ्नो सिनेट सिट जितेकी थिइन् । उनले पहिलो पटक २०१९ मा हाउसमा निर्वाचित भएर क्यापिटल पार गरेकी थिइन्, राष्ट्रिय सुरक्षामा केन्द्रित मध्यमार्गीको रूपमा ख्याति कमाएकी उदीयमान नेता मानिन्छ उनलाई । अमेरिका बाहिरका मिडियाका लागि उनी नयाँ हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com